आदिवासी जनजातिको मुक्तिदाता प्रचण्ड नै हुन्- लिङदेन

हङकङमा नेपालको संविधानसभा र आन्दोलन वारे छलफल
एचकेनेपाल डट कम संवाददाता-
हङकङ, २ फेब्रुअरी। एनेकपा माओवादी नेता रमेश कुमार लिङदेनको प्रमुख उपस्थितिमा नेपालमा भइरहेको संविधानसभा र आन्दोलन वारे हङकङमा छलफल भएको छ। नेता लिङदेनले आदिवासी जनजातिको मुक्तिदाता कमरेड प्रचण्डनै भएको वताएका छन्।

एकिकृत नेकपा माओवादी पार्टी हङकङ शाखा र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा (लिरामुमो¬) प्रवास समिति हङकङको संयुक्त आयोजनामा भएको छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका नेता लिङदेनले अहिले नै सहमतिको संविधान नवन्ने वताउदै उक्त कुरा वताएका छन्।

एकात्मकवादी अर्थात एकल जातियवादी राज्य संचालनको सोच र चिन्तन वोकेको कांग्रेस र एमालेले जस्को संघर्ष र वलिदानको कारणले नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, उत्पीडित जाति वर्ग क्षेत्र र लिङ्गको समानुपातिक समावेसी प्रतिनिधित्व हुने मुद्घा लिएर आयो – त्यसैलाई पाखा लगाएर वा परिवर्तनको सक्तिलाई पंछाएर गणितिय वहुमतको दम्भ देखाउदै देशलाई मुठभेट तिर लगेलेको वताए। उनले आदिवासी जनजाति, मधेसी, उत्पिडीत, दलित, महिला मुक्तिको संविधान अब आन्दोलनबाट मात्र संभव भएको नेता लिङदेनले वताए।

साच्चिकै जनताको मुक्तिको लाति अब आन्दोलनको विकल्प नभएको वताउदै पार्टी र ३० दलिय मोर्चा ससक्त आन्दोलनमा लागिसकेको वताए। उक्त आन्दोलनको लागि हङकङमा रहेको पार्टी, मोर्चा आदिवासी जनजाति लगायत ३० दल भित्र रहेको सवै हङकङवासी मित्रहरुलाई सशक्त रुपमा एकजुट भई सहयोग गर्न उनले सुझाए।

जोर्डनस्थित भारतीय भूपूसैनिक क्लबमा आइतवार भएको छलफल कार्यक्रममा एनेकपा माओवादी हङकङ शाखाको अध्यक्ष रविन लिङदेनले नेपालमा भइरहेको आन्दोलनको वारेमा यहा आन्तरिक छलफल मात्र भइरहेको वताउदै अब खुल्ला रुपमा नै छलफल गरि अघि बढ्ने वताए। उनले नेपालमा भइरहेको ३० दलिय आन्दोलनलाई यहाँबाट विभिन्न कोणबाट सहयोग गर्नुपर्ने वताए। त्यस्तै, हङकङमा कमै मात्र कार्यक्रम भएकोले अन्य पहिचानवादी शक्तिहरुलाई समेत कार्यक्रमको आयोजना गर्न अनुरोध गरेका छन्।

छलफल कार्यक्रममा लिम्बुवान राष्ट्रिय मोर्चाको अध्यक्ष अभिचन्द्र इङनामले पहिचानको मुद्घामा एनेकपा माओवादीको आन्दोललाई आफ्नो पार्टीले पूर्ण समर्थन गरेको वताउदै हङकङबाट ३० दलिय आन्दोलनलाई खुलेर सहयोग गर्नुमा जोड दिए। उनले पहिचानको मुद्घा प्रमुख भएकोले माओवादीको नेतृन्वबाट मात्र संभव हुने वताउदै घोषणा भएको आन्दोलनमा परिवर्तनको पक्षधरहरु सहित आफ्नो पार्टीको ससक्त सहभागिता हुने वताए।

एनेकपा माओवादी हङकङ शाखाको सल्लाहकार तथा लिरामुमो नेपालका सचिवालय सदस्य जे वी ओख्राबु, लिरामुमो प्रवास समिति हङकङमा अध्यक्ष इन्द्र लोक्सम, पार्टी सचिव युवराज तमु, नेपाली जनप्रगतिशील मंच हङकङमा अध्यक्ष धिरेन्द्र चाम्लिङ, तमु राष्ट्रिय मुक्ति मोर्चा (तरामुमो) हङकङका अध्यक्ष दुर्गा तमु, लिरामुमोका केस भुपेन्द्र चेम्जोङ, ललित आङबुहाङ, मोर्चा हङकङका सचिव मौसम इम्बुङ, कोषाध्यक्ष नरेन्द्र केरुङ, नीर तुम्बापो, मगर राष्ट्रिय मुक्ति मोर्चा हङकङका अर्जुन राना मगर, (तरामुमो)को सल्लाहकार वेल बहादुर तमु, उपाध्यक्ष नैन सिं तमु, पत्रकार तथा समाजसेवी कृष्णराज लाओतीलगायत दुई दर्जन वक्ताहरुले नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, उत्पीडित जाति वर्ग क्षेत्र र लिङ्गको समानुपातिक समावेसी प्रतिनिधित्व हुने गरिको संविधानको लागि दवाब मुलक कार्यक्रमलाई सहयोग गर्ने कुरामा आफू सहमत रहेको र हङकङमा रहेको सवै पहिचानवादी शक्तिहरु लागिरहेको भएपनि अझ ससक्त रुपमा अघिबढ्नु पर्ने वताए।

एनेकपा माओवादी नेता रमेश कुमार लिङदेन लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाको आन्तिरिक छलफलका लागि एक हप्ताको लागि हङकङ आएका थिए। उक्त अवसरमा पार्टीको हङकङ शाखाको कार्यक्रममा समेत प्रमुख अतिथिको रुपमा बोल्दै नेपालको आन्दोलन तार्किक निश्कर्षमा पुर्याउन प्रवासको समेत ठूलो हात रहने वताउदै आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सवैलाई सुझाएका छन्।





Comments

comments

4051