मृत्युपछि शरीर दान गर्ने डा. सत्यमोहन जोशी दम्पतिको घोषणा…

वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीबाट चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गर्नुभएको छ।

फाइल फोटो

नइ प्रकाशनबाट ललितपुरमा आज आयोजित उक्त घोषणा सभामा जोशी दम्पतीले आआफ्नो भौतिक शरीर शेषपछि किष्ट मेडिकल कलेजलाई अर्पण गर्नुभएको जानकारी दिनु भयो।

१०१ वर्षीय शताब्दी पुरुष डा.जोशी र ९६ वर्षीया श्रीमती राधादेवी जोशीको हस्ताक्षरसहितको किष्ट मेडिकल कलेजलाई लेखिएको शरीर दान गर्ने मञ्जुरी पत्रमा उहाँहरूका छोरा अनुराज जोशीको सहमतिको समेत हस्ताक्षर रहेको छ।

फाइल फोटो

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न घोषणा सभामा शताब्दी पुरुष डा.जोशीले ‘आफ्नो शरीर आफू मरेपछि पनि उपयोगी होस् भनेर हामी दम्पतिले यो कदम चालेको हो’ भन्नुभयो।

घोषणा सभा

सो सभामा प्रमुख अतिथि चिरीबाबु महर्जनले शताब्दी पुरुष डा.जोशी हामी सबैका गौरव, प्रेरणा र आदर्श हुनुहुन्छ भन्नुभयो।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित उक्त घोषणा सभामा किष्ट मेडिकल कलेजका प्रिन्सिपल प्रा.डा.बालमानसिंह कार्की र नइ प्रकाशनका सदस्यसचिवनरेन्द्रराज प्रसाईले जोशीको महानता, सरलता र दुरशदर्शी भावनाको प्रशंसा गर्नुभयो।





Comments

comments

40608