भीरकट्यामा अड्किएको अनुसन्धानः दुई जनाले खाएका थिए चाउचाउ

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्ट हत्याको अनुसन्धान भीरकट्याको बाटोमा अड्किएको छ। भागरथी पढ्ने विद्यालयदेखि झण्डै ५ सय मिटर दुरीमा रहेको भीरकट्याबाट घटनास्थलसम्मको सम्पर्क प्रहरीले जुटाउन सकिरहेको छैन।

फाइल फोटो

भागरथी माघ २१ गते दिउँसो १ बजेर ४५ मिनेट अर्थात् टिफिनको बेला सनातन धर्म मावि खोचलेकबाट घर हिँडेकी थिइन् । उनले खोचलेक बजारको एक पसलमा चाउचाउ किनेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनले त्यो चाउचाउ बजारबाट झण्डै तीन सय मिटर दुरीमा रहेको भीरकट्याको भीरमा खाइन् । ‘भीरकट्याकको भीरमा चाउचाउ खाएको देख्ने प्रत्यक्षदर्शी भेटिएका छन् । त्यतिबेला दुई जना थिए । दुवै भीरकट्याको भीरबाट छुट्टिए,’ एक जना प्रहरी अधिकृतले भने, ‘तर, त्यसभन्दा माथिको लोकेसन पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे परेको छ।’

भीरकट्याबाट घटनास्थल झण्डै दुई किलोमिटर दुरीमा छ । त्यसदिन दिउँसो २ बजेर ४७ मिनेटमा भागरथीको मोबाइल स्विच अफ भएको छ। उनको शवनजिकै झण्डै १० मिटरमा ब्याट्री झिकिएको मोबाइल भेटिएको थियो। प्रहरीको तालिम प्राप्त कुकुरले त्यो मोबाइल पत्ता लगाएको हो।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।





Comments

comments

40630