५औं सगरमाथा अन्तर कम्युनिटी लेडिज भलिवल रनिङ शिल्ड – डोभरलाई

मिन थापा /एचकेनेपाल डट कम-
आशफोर्ड केन्ट, बेलायत। आशफोर्डमा ५औं सगरमाथा अन्तर कम्युनिटी लेडिज भलिवल प्रतियोगिता सम्पत्र – डोभर लेडिज टिम विजयी भएको छ।

सगरमाथा गोर्खा नेपाली कम्युनिटी आशफोर्ड केन्ट, लेडिज कमिटीले शनिवार आशफोर्डमा सगरमाथा अन्तर कम्युनिटी लेडिज भलिवल प्रतियोगिता भव्यरुपमा सम्पत्र गरेको हो।

एक दिने वेस्ट अफ थ्रिरी लिग प्रतियोगितामा युकेका विभिन्न ठाउँबाट जम्मा ५ टिमको सहभागिता भएको थियो जसमध्ये डोभर लेडिज टिम प्रथम भई १३५ पाउण्ड नगद, मेडल र प्रथम रनिङ्ग शिल्ड प्राप्त गरेको थियो। त्यसैगरी सगरमाथा लेडिज कम्युनिटी आशफोर्ड बी दोस्रो भई १२० पाउण्ड र मेडल, गेरेज लेडिज टिम तेस्रो भई १०५ पाउण्ड र मेडल प्राप्त गरेका थिए भने धौलागिरी लेडिज टिम चौंथो र सगरमाथा कम्युनिटी आशफोर्ड ए पाचौं स्थान ओगटी शान्त्वना स्वरुप एक–एक केस कोका कोला प्राप्त गरेका थिए।

त्यसैगरी प्रतियोगितामा वेस्ट स्पोर्ट पर्सानालिटी धौलागिरी लेडिज टिमका खेलाडी श्रीमती प्यारी पुनले प्राप्त गरिन् भने प्रतियोगिताका वेस्ट प्लेयर डोभर लेडिज टिमका खेलाडी श्रीमती सिता पुनले प्राप्त गरिन्। दुवै जना खेलाडीलाई ट्रफी दिएर सम्मान गरिएको थियो।

डोभर लेडिज टिमले अरु सबै ४ टिमलाई पछिपार्दै प्रथम भई विजयी भएको हो। फाइनलमा डोभर लेडिज टिम र सगरमाथा कम्युनिटी आशफोर्ड बी का बिच घमसान प्रतिसप्रधा भएको थियो तर बाबजुत डोभरले सोजो दुई सेटमा आशफोर्ड बी लाई २१ – २०, २१ – १७ अंकमा हराएको थियो।

सम्पूर्ण खेलमा रेफ्ररीको महत्वपूर्ण भूमिका सगरमाथा गोर्खा नेपाली कम्युनिटी आशफोर्ड केन्टको खेलकुद सचिव सेरु लिम्बुले निभाएका थिए। विजयी टिम तथा खेलाडीहरुलाई प्रायोजकहरुबाट पुरस्कार वितरण भएको थियो भने प्रायोजकहरुलाई कमिटीको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।

प्रतियोगिता कार्यक्रमको उद्दघाटन सगरमाथा गोर्खा नेपाली कम्युनिटी आशफोर्ड केन्ट, लेडिज कमिटीकी सह–सचिव श्रीमती विमला लिम्बुले गरेकी थिइन् भने स्वागत मन्तव्य सोही कमिटीकी उपाध्यक्ष श्रीमती राजदेवी गुरुङले गरेकी थिइन्।

त्यसैगरी कार्यक्रमको संचालन लेडिज कमिटीका सचिव श्रीमती सरला राईले गरेकी थिइन् भने कमिटीका अध्यक्ष श्रीमती चन्द्रावती राईले कार्यक्रमको उद्देश्य प्रष्टाउदै यो ५औं सगरमाथा अन्तर कम्युनिटी लेडिज भलिवल प्रतियोगितादेखि रनिङ शिल्डको सुरुवात गरेको र यसले गर्दा प्रतियोगिताले भावी दिनमा पनि निरन्तरता पाउनुको साथै नयाँ पुस्तालाई खेलप्रति प्रोत्साहन मिल्ने र एक अर्को कम्युनिटी आपसमा राम्रो अनि दरिलो सम्बन्ध विकसित हुने बताइन्। अध्यक्ष राईले प्रतियोगिता अत्याधिकरुपमा सफलताका साथ सम्पत्र भएको घोषणा गर्दै प्रतियोगितामा संलग्न सम्पूर्ण विजयी टिमहरु, सहभागी टिम तथा खेलाडीहरु, रेफ्ररी, प्रतियोगितालाई सफल बनाउन मद्दत पुर्याउने प्रायोजक मित्रजनहरु र अन्य स्वयंसेवक सहयोगी मित्रजनहरुमा हार्दिक बधाई दिनुका साथै प्रतियोगिता कार्यक्रम समापन भएको घोषणा गरेकी थिइन्।

तस्वीरः मिन थापा / एचकेनेपाल डट कम

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

407