आठ वर्षीया नातिनी बलात्कार गर्ने वृद्धलाई आजीवन कारावास

उदयपुर । आठ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालतले कसुरदार ठहर गरेको छ।

जिल्ला न्यायाधीश माधवप्रसाद सिलुवालको एकल इजलासले त्रियुगा नगरपालिकाका ५६ वर्षीय वृद्धलाई आजीवन कारावाससहित थप चार वर्षको कैद सजायको फैसला सुनाएको छ।

त्यसैगरी, जरिवानाबापत ४० हजार रुपैयाँ र सरकारले स्थापना गरेको पीडित राहत कोषमा चार हजार चार सय रुपैयाँ भराउन पनि अदालतले आदेश गरेको स्रेस्तेदार धनबहादुर कार्कीले बताए।

फाइल फोटो

कसुरदारले साउन १२ गते घरमा कोही नभएका बेला पीडितलाई बलात्कार गरेको भन्दै परिवारबाटै भदौ ९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । तत्काल पक्राउ परेका आरोपितलाई अदालतले असोज २ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ।





Comments

comments

41113