हङकङ कोरोना न्युज अपडेट : सङ्क्रमित संख्या ८ मात्रै…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

सङ्क्रमितमध्ये ग्याङ फाइटमा पक्राउ परेका एक पाकिस्तानी पुरुष पनि

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २१ मार्च। सेन्टर फर हेल्थ प्रोटेशनले पछिल्लो २४ घण्टामा हङकङमा ८ जनामा मात्र कोरोना संक्रमणको पुष्टि भएको जनाएको छ। यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,३८० पुगेको छ।

संक्रमितहरुमध्ये ४ स्थानीय र ४ जना आयातित रहेका छन्। आयातित केसमा बंगलादेशबाट आएका र संयुक्त राज्य अमेरिकाको एक कार्गो विमान चालक रहेका छन्।

सङ्क्रमितहरुमध्ये ३ पुराना केससंग संबन्धित छन् भने १ जनाको संक्रमणको स्रोत खुलेको छैन। कुल सङ्क्रमितहरूमा २ देखि ६८ वर्ष उमेर बीचका ४ पुरूष र ४ महिला रहेका छन्।

स्रोत नखुलेका संक्रमितमा एक जना २६ वर्षीय पाकिस्तानी पुरुष रहेका छन्। उनी १७ जनाबीच भएको ग्याङ फाइटमा पक्राउ परेका थिए। पक्राउ परेलगत्तै अस्वथ्य महसुस गरेका उनमा कोरोना सङ्क्रमण देखिएको जनाइएको छ।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म १०,८७५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। २६३ जनाको उपचार भइरहेको छ। १० जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०३ पुगेको छ।

फाइल फोटो




Comments

comments

41153