नयाँ भेरिएन्ट आए अवस्था जटिल हुन सक्ने

कोरोना संक्रमण दर केही वृद्धि भएपछि उच्च स्वास्थ्य सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।

खोप लगाएका र नलगाएका सबैले मास्क, सामाजिक दूरी, हातको सरसफाइ, हावा ओहोरदोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाइसाथ पालना गर्न उनीहरूको सुझाव छ।

.

‘संक्रमितमा ३–४ महिनापछि एन्टिबडी घट्दै गएको पाइयो,’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले भने, ‘असोज/कात्तिकतिर संक्रमण उच्च देखिएको थियो, अहिले संक्रमणविरुद्घको एन्टिबडी घट्दै गएको देखिएको छ । भारतमा संक्रमण उत्कर्षमा देखिएको ३–४ सातापछि यहाँ पनि संक्रमण बढ्यो।’

उनका अनुसार सुदूरपश्चिमका गौरीफन्टा र गड्डाचौकी नाकाबाट नेपाल भित्रिएकामध्ये २४ जनामा एन्टिजेन पोजिटिभ देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ बेलायतमा देखिएको भाइरसको ७३६ पोजिटिभ नमुना देखिएको छ।

यस्तै, दक्षिण अफ्रिकी भाइरसको ३४ नमुना र एउटा नमुना ब्राजिलको पाइएको छ । भाइरसको चिन्ताजनक प्रकार र दोहोरो म्युटेसन भएको भेरिएन्ट पनि भारतमा भेटिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

41242