हङकङ कोरोना न्युज अपडेट : १४ सङ्क्रमित थपिए, २ जनाको मृत्यु…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ९ अप्रिल। हङकङमा आज शुक्रवार १२ आयातित र २ स्थानीय गरी १४ जना कोरोना सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,५६४ पुगेको छ।

आयातित सङ्क्रमितमा ६ जना फिलिपिन्सबाट, २ जना भारतबाट, १ जना क्यानडाबाट, २ जना इजिप्टबाट र १ जना इन्डोनेसियाबाट आएका रहेका छन्।

कुल सङ्क्रमितहरूमा १० महिनादेखि ६७ वर्ष उमेर बीचका ४ पुरूष र १० महिला रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,१८६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १२६ जनाको उपचार भइरहेको छ। ७ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट २४ घण्टाभित्र २ जना विरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा ६९ वर्षीय पुरुष र ८३ वर्षीया महिला रहेका छन्।

यससंगै, कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०७ पुगेको छ।

फाइल फोटो




Comments

comments

41428