हङकङ कोरोना न्युज अपडेट : ५ सङ्क्रमित थपिए, ३ आयातित…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १० अप्रिल। हङकङमा आज शनिवार ३ आयातित र २ स्थानीय गरी ५ जना कोरोना सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको संख्या हङकङमा ११,५६९ पुगेको छ।

आयातित सङ्क्रमितमा फिलिपिन्स, भारत र पाकिस्तानबाट आएका रहेका छन्।

ट्युन मुनको ओई फाई पब्लिक हाउसमा थप २ जना स्थानीय सङ्क्रमित थपिएका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,१९३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १३३ जनाको उपचार भइरहेको छ। ७ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०७ पुगेको छ।

फाइल फोटो




Comments

comments

41442