हङकङ कोरोना न्युज अपडेट : १३ सङ्क्रमित थपिए, ११ आयातित…

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ अप्रिल। हङकङमा आज सोमवार ११ आयातित र २ स्थानीय गरी १३ जना कोरोना सङ्क्रमित थपिएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,५९५ पुगेको छ।

आयातित सङ्क्रमितमा भारतबाट ५ जना, पाकिस्तानबाट ३, इन्डोनेसियाबाट २ र फिलिपिन्सबाट आएका १ जना रहेका छन्।

स्थानीय सङ्क्रमितमध्ये एकजना ट्युन मुनको ओई फाई पब्लिक हाउसमा बस्ने १४ वर्षीय बालक रहेका छन्। कुल सङ्क्रमितहरूमा १ देखि ७५ वर्ष उमेर बीचका ४ पुरूष र ९ महिला रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,२१४ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। १३० जनाको उपचार भइरहेको छ। ७ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २०७ पुगेको छ।

फाइल फोटो




Comments

comments

41468