फुटबल संघमा बिद्रोह, थापालाई बचाउन हस्ताक्षर संकलन गर्दै बरिष्ठहरु

मनोरञ्जन शर्मा / एचकेनेपाल डट कम –
भैरहवा। एन्फामा देखिएको बिद्रोह दबाउन र फरक मतलाई निस्तेज पार्न एन्फाका बरिष्ठ पदाधिकारी देश दौडाहामा लागेका छन्।

सारा देश बिश्वकप फुटबल प्रतियोगितामा रमाईरहेका बेला भने अखिल नेपाल फुटबल संघ(एन्फा)का शिर्ष पदाधिकारीहरु एन्फा अध्यक्ष गणेश थापाको पक्षमा समर्थन जुटाउन देश दौडाहामा निस्केका हुन्।

देश दौडाहामा रहेका टोलीमा एन्फाका बरीष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ,महासचिब धिरेन्द्र प्रधान,सहमहासचिबद्वय बीरबहादुर खडका र मणि कुबर प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरसहितको ७ जनाको टोली रहेका छन्। उनीहरुले भ्रमणका क्रममा मंगलबार नेपालगञ्जमा सुदूर पश्चिम र मध्यपश्चिमका जिल्लामा रहेका फुटबल संघका अध्यक्षहरुको भेलासमेत आयोजना गरेको बुझिएको छ।

भेलामा उनीहरुले गणेश थापा नभए नेपालमा फुटबल खत्तम हुने, बैदेशिक अनुदान(फिफा,एएफसी) रोकिने दाबी गर्दै एन्फा केन्द्रमा देखिएको फरम मतलाई निस्तेज पार्न आग्रह गरेको उच्च श्रोतले बताएको छ। उनीहरुले एन्फाबिरुद्ध लाग्नेहरुमाथि अबिश्वास प्रस्ताब दर्ता गर्न र बिशेष साधारण सभा माग गर्न जिल्ला अध्यक्षहरुलाई आग्रह गरेको बुझिएको छ।

जिल्ला अध्यक्षहरुको भेट तथा छलफलमा उनीहरुले केन्द्रबाट नै तयार गरिएको स्वेत तमसुखमा हस्ताक्षर गर्न दवाब दिएको भएता पनि त्यसो हुन नसकेको बताईएको छ। तमसुखमा एन्फा तथा केन्द्रिय अध्यक्ष गणेश थापाबिरुद्ध अभिब्यक्ति दिने उपाध्यक्षहरु कर्माछिरींग शेर्पा,किशोर राई, लगायत ४ जनाले गलत अभिब्यक्ति दिएको, अनाबश्यक मिडियाबाजी गरेको र हुदै नभएको आरोप लगाएकोले उनीहरुको कृयाकलापबाट एन्फाको साख गिर्न गएकाले तत्काल उनीहरुलाई कारबाहीको माग गर्दै बिशेष साधारण सभा र उनीहरुमाथि अबिश्वासको प्रस्ताब भन्ने लेखिएको छ।

सुदूर र मधयपश्चिमको भेलामा त्यहाँका फुटबल हस्तिहरुले सादा कागजमा तमसुक नभै फुटबलको कार्यक्रम दिन माग गरेका छन्। भेलामा सहभागी एक जिल्लाका अध्यक्ष अनुसार एन्फामा गणेश थापा निर्बिकल्प नेता हुन भन्नेमा असहमति नरहेको तर उन्का आसेपासेले मात्र धेरै अबसर पाएको भन्ने गुनासो आएको बताए।

मंगलबार एक दिने छलफलमा त्यस क्षेत्रका कसैले पनि तयारी तमसुखमा हसताक्षर गर्न नमानेको बुझिएको छ। उनीहरु सबैले एन्फाले मध्य तथा सुदूरपश्चिमलाई के दियो र भन्ने प्रश्न राख्दा एन्फा पदाधिकारी रातोपीरो भएको बताईएको छ। एन्फाको बिधानमा बिशेष साधारण सभा र अबिश्वास प्रस्ताबका लागि निबेदन हाल्न सकिने धारा छ।

जिल्ला अध्यक्षहरुले जिल्ला कार्यसमितीको बैठक बिनानै बिशेष साधारण सभाको माग अन्य जिल्ला अध्यक्षसंग मिलेर हस्ताक्षर संकलन गरी केन्द्रीय समितीमा बुझाएको खण्डमा बिशेष साधारण सभा बोलाउन मिल्ने प्राबधान छ। एन्फा उच्च पदाधिकारी यही प्रयोजनको लागि सादा तमशुख बनाएर हस्ताक्षर संकलन गर्न देश दौडाहामा निस्केको हो। मध्य र सुदूरको भेलामा सादा तमसुखमा हस्ताक्षर गर्न हुन्न भन्ने माग आए पनि गणेश थापा पक्षधरका जिल्ला अध्यक्षहरुले भने हस्ताक्षर गरेको बुझिएको छ।

मंगलबारको नेपालगन्ज भेला सकेलगत्तै एन्फा टोली बुधबार बुटवल आएर रुपन्देही फुटबल संघको पदाधिकारीसंग भेटघाट गरी बिशेष साधारण सभा र अबिश्वासको प्रस्ताब लेखिएको तमसुखमा हस्ताक्षर गर्न आग्रह गर्दा जिल्ला समितिको बैठकले निर्णय गर्ने बताएपछि उनीहरु पाल्पातिर हान्निएका थिए।

पाल्पामा उनीहरुले जिल्ला अध्यक्षको हस्ताक्षर गराउन सफल भएको बुझिएको छ। सोही दिन उनीहरु स्यांग्जा हुदै पोखरा पुगेका थिए। एन्फाभित्र बिसंगति देखिएको भन्दै बिद्रोहको स्वर बोलि रहेकामाथि उनीहरुलाई कारबाही गराउन भन्दै तमसुक गराउन हिडेका एन्फा पदाधिकारीहरुको अहिले सर्बत्र बिरोध हुन थालेको छ। नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद महासंघले एन्फाको बिसंगतिबिरुद्ध आवाज उठाउनेहरुमाथि एन्फाले कारबाही गर्ने भन्दै हिडेकामा त्यस्को बिरोध गर्दै एन्फाको गलत कार्यबिरुद्ध आवाज उठाउनेहरुको साथ दिने भएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

422