अतीतको आत्मरतिमा रमाउँदै टुक्रिएका माओवादीहरू …

काठमाडौं, फागुन २ – आजभन्दा २० वर्षअघि एकै रात तीन ठाउँ रोल्पा, सिन्धुली र गोरखाका प्रहरीचौकी र कृषि विकास बैंक कब्जा गरी २०५२ फागनु १ गते जनयुद्ध सुरु गरेर संविधानसभासम्म आएको माओवादी २० औं जनयुद्ध दिवससम्म आइपुग्दा खण्डित र दुविधाग्रस्त पाँच समूहमा विभाजित भएको छ।

शान्तिप्रक्रिया र संविधान निर्माणलाई उच्च प्राथमिकता दिँदै २०६३ असार ३ गते प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेको माओवादी अहिले आएर संविधान निर्माण ओझेलमा पार्दै पुन: क्रान्तिका नाममा संविधानसभा, सडक र जंगल केन्द्रित हुन पुगेको छ। उनीहरूबीच पुन: आत्मसमीक्षा र जनयुद्धका नाममा पार्टी एकीकरण प्रयास भए पनि उपलब्धि शून्य छ।

एमाओवादी (प्रचण्ड), नेकपा-माओवादी (वैद्य), नेकपा माओवादी (विप्लव), नेकपा (माओवादी) मातृका र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (मणि थापा) ले शुक्रबार छुट्टाछुट्टै रूपमा राजधानीका विभिन्न स्थानमा जनयुद्ध दिवस मनाउँदै पुन: क्रान्ति गर्ने प्रतिबद्धता जनाए। जनयुद्ध दिवसको मञ्च एकअर्काको आलोचना गर्न पनि खर्च गरे खण्डित माओवादीहरूले।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनले उठाएका मुद्दा छोडे कांग्रेस-एमालेको राजनीति एक दिन पनि नटिक्ने दाबी गरेका छन्। उनले राजनीतिक कोर्स एमाओवादीतिरै फर्कने भएकाले कार्यकर्तालाई नडराउन ढाडस दिए। ‘माओवादी आन्दोलन सिद्धिएको छैन।

प्रचण्ड-बाबुराम बिग्रिएछन् भने पनि माओवादी आन्दोलन चिहानबाट उठ्नेछ। मुलुकको राजनीति माओवादी आन्दोलनले उठाएका एजेन्डाभन्दा बाहिर गएर चल्न सक्दैन।

माओवादी आन्दोलनले उठाएका गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशी मुद्दाको विपक्षमा गए भने कांग्रेस-एमाले एक दिन पनि टिक्न सक्दैनन्’, जनयुद्ध दिवसका अवसरमा शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा दाहालले भने। उनले आफूहरू कसैसँग नडराउने बताए।

‘कांग्रेस-एमालेले जबरजस्ती गर्न खोजे हामी मृत्यु हत्केलामा लिएर हिँडेका मान्छे हौं, डराउँदैनौं। प्रचण्ड-बाबुरामलाई भ्रष्टाचारको मुद्दा लगाइन्छ र जेल हालिन्छ भन्ने कायर हुन्। यिनीहरूका जेल र मुद्दा हाम्रा लागि रौंबराबर हुन्’, उनले भने।

नेता-कार्यकर्तालाई रोएर निराशा नबाँड्न आग्रह गर्दै दाहालले क्रान्ति र विद्रोहका गीत गाउन अपिल गरे। ‘निराशाका गीत गाउन छोड्नुस्, विद्रोह र क्रान्तिका गीत गाउनुस्।

हामीले उठाएका मुद्दा मरेका छैनन्, बरु हामी आफैं मरिरहेका छौं’, दाहालले भने, ‘रुनेधुने बेला होइन यो, आन्दोलन र विद्रोहतिर होमिने बेला हो। आन्दोलन नयाँ उचाइमा उठाउने क्रममा कोको बिग्रे छोडिदिनुस्, छुट्नेलाई छुट्न दिनुस्। संगठन ठूलो भएर आन्दोलन भएको होइन, आन्दोलनबाट पार्टी बनेको हो।’

दोस्रो संविधानसभाको निर्वाचन वरिपरि आफूहरूले गम्भीर प्रकारका गल्ती गरेको उल्लेख गर्दै दाहालले २०५२ सालमा गरेजस्तै भूल अब नगर्न कांग्रेस-एमालेलाई चुनौती दिए।

‘हामी ब्युँझिएका छौं’, उनले भने, ‘हामी अब उठेर दौडिन्छौं। राजनीतिक कोर्स हामीतिरै फर्कनेवाला छ। धेरै उपदेश दिइराख्नु काम छैन।’

अब मोहन वैद्य र नेत्रविक्रम चन्द, मातृका यादव र मणि थापा एउटै मञ्चमा हुने दाबी दाहालले गरे। ‘आन्दोलनले पार्टीलाई जुटाउँछ। हामी त्यो अभियानमा छौं’, दाहालले भने, ‘यसपटक मोहन वैद्य, नेत्रविक्रम, मात्रिका र मणिलाई एउटै मञ्चमा ल्याएर जनयुद्ध दिवस मनाउने प्रयास नजिकनजिक पुगेर पनि सफलतामा पुर्याउन सकिएन। आजको अन्नपूर्णपोष्टले छापेको छ।

अर्कोपटक उनीहरूसहित माओवादी आन्दोलनका धारा एउटै मञ्चमा ल्याइनेछ।’ दाहालले अपहरणमा परेका माओवादी आन्दोलनका उपलब्धि फिर्ता ल्याउन एक भएर लड्नुपर्ने आवश्यकता औंल्याए। मूल माओवादी भनिने दाहालकै पार्टी पनि तीन ध्रुबमा विभाजन भएको सत्य खोलिरहने आवश्यकता भने उनले महसुस गरेनन्।

निस्ट पार्टीका महासचिव मणि थापाले छुट्टै पत्रकार सम्मेलन गरी माओवादी आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकतामा जोड दिए। ‘समग्रमा एउटा परिवर्तनकारी र रूपान्तरणकारी वामशक्ति आवश्यक छ। त्यो शक्ति जनयुद्ध र जनआन्दोलनकारी शक्ति नै हो।

त्यसका लागि माओवादी आन्दोलन पुनर्गठित गर्नुपर्छ। वामपन्थी, प्रगतिशील, देशभक्त र जनतान्त्रिक शक्तिहरूलाई यस दिशामा सोच्न आह्वान गर्छौं’, थापाले भने, ‘कांग्रेस-एमाले बहुमतको बल मिच्याइँमा १२ बुँदे सहमति र बृहत् शान्तिसम्झौताबाट पछि हट्दैछन्। त्यो पश्चगमन हो। पश्चगमनविरुद्ध संयुक्त जनआन्दोलनबाट शक्ति सन्तुलन गर्नु आजको आवश्यकता हो।’

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

4329