पत्रकार महासंघलाई हङकङ र युकेबाट ३ लाख सहयोग

दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा ४, फागुन। नेपाल पत्रकार महासंघ कास्की शाखाको निमार्णाधिन भवनको लागि सहारा क्लव पोखरा, सहारा युके र सहारा हङकङबाट ३ लाख सहयोग हस्तान्तरण भएको छ।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

महासंघको भवन निमार्णको लागि तीनै वटा संस्थाले एक/ एक लाखको दरमा एक संयुक्त रुपमा तीन लाख रुपैया आईबतार पोखरा १७ दोविल्ल सहारा एकेडेमीमा आयोजित एक समारोहका विच हस्तान्तरण समेत गरिएको हो। सहारा क्लव पोखराका अध्यक्ष विरभद्र आचार्य, सहारा युकेका अध्यक्ष दिलीप कुमार गुरुङ र सहारा हङकङका सदस्य माया गुरुङ र नव राज गुरुङले उक्त रकम बराबरको चेक महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञावालीलाई हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा बोल्दै सहारा युकेका अध्यक्ष दिलीप कुमार गुरुङले पत्रकारहरुको भवन निमार्णमा आफूहरुको पनि सहभागिता जनाउन पाएकोमा खुसि व्यक्त गर्दै निस्वार्थ भावले काम गर्ने संस्थाप्रति आफूहरुको सहयोग निरन्तर रहने बताए।

महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञावालीले करीब डेढ करोड मुल्य बराबरको बहुउद्धेश्य भवन निमार्णको अन्तिम चरणमा पुगेको बताए। स्वदेशी तथा विदेशी दाताको सहयोगले गर्दा आफूहरुको उद्धेश्य पुरा हुन लागेका बताउदै उनले अन्तिमचरणको निमार्ण सक्न केही रकम अझै आवश्यक भएको बताए।

सहारा क्लव पोखराका अध्यक्ष विरभद्र आचार्यले सहारा एकेडेमी र महासंघको भवन निमार्ण कार्यसंगसंगै जसो सुरु भएको भए पनि आफूहरुको निमार्णमा दाताहरुको सहयोगले पहिला सकिएको जनाए। उनले पत्रकार महासंघलाई समेत आफूहरुले सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरे। सहारा क्लवका महासचिव केशव बहादुर थापाले सहारा एकेडेमीमा हाल १२ जिल्लाका २१ जना वालकहरु रहेको बताए।

यसै वित पोखरा १७, दोविल्लामा आईतबार भएको सहारा युके र नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कास्की विच भएको मैत्रिपुर्ण फुटवल खेलमा सहारा युके ५–४ ले विजयी भएको छ। सहाराको जितमा विक्रम थकाली र सन्दिप गुरुङले दुई÷दुई गोलको योगदान दिएभने अग्लो कद भएका विनोद खड्काले एक गोल गरे। पत्रकारको तर्फबाट भने सुरज श्रेष्ठले दुई, विनोद लामिछाने र सुरेन कुमार सुसिलले एक एक गोल गरे। सहारा युकेको तर्फबाट कैलालीको सुदूरपश्चिमाञ्चल फुटवल क्लवका प्रशिक्षक किरण श्रेष्ठ समेत सहभागि भएका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

4435