अवैध हुन्डी धन्दामा प्रहरीको छापा, अढाई करोड बरामद

काठमाडौं – राजधानीमा मनी चेन्जर, रेमिट्यान्स र ट्राभल एजेन्सीको आवरणमा हुन्डीको धन्दा हुने गरेको खुलेको छ । प्रहरीले बुधबार सात स्थानमा छापा मारेर १२ जनालाई पक्राउ गरेको छ।

सुन्धारा, न्युरोड र ठमेल क्षेत्रका ट्राभल्स एाजेन्सी तथा मनी चेन्जरमा छापा मारी हुन्डीको पैसासमेत बरामद गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । प्रहरीले आठ ठाउँबाट २ करोड ६० लाख बरामद गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ।





Comments

comments

4516