एमआरपीका लागि कतारमा अभियान

गणेश प्रसाद बन्जाडे / एचकेनेपाल डट कम-
दोहा । बैदेशिक रोजगारको शिलशिलामा कतार आउने नेपालीको संख्या ४ लाख भन्दा बढी पुगेको बताईन्छ। आगामी सन् २०१५ , नोभेम्वर २४ गतेपछि हस्तलिखित राहदानी विश्वभर अमान्य हुने अन्तराष्ट्रिय नियमले यतिबेला एमआरपी (मेसिन रिडेवल पासर्पोट) बनाउन विदेशस्थित नेपाली नियोगमा भिड बढिरहेको छ।

यहाँ कतिपय कामदारहरुलाई एमआरपी बनाउनु पर्ने नियम थाहा पनि छैन । सोही अवस्थालाई मध्यनजर गर्दै नेपाली दुतावासले कतारका विभिन्न संघ संस्थाहरुलाई एमआरपी प्रचारप्रसार अभियान शुरुका गर्नका लागि आग्रह गरेको छ।

दुतावासमार्फत गैरआवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतार , नेपाली जनसम्पर्क समिति कतार , प्रवासी नेपाली मञ्च कतार र नेपाली जनप्रगतीशिल मञ्च कतारले कतारमा एमआरपीको आवेदन संकलन गर्न प्रचार प्रसारका लागि सम्वन्य गर्ने भएका छन्न्।

दोहास्थित टपर्फम रेष्टुरेन्टमा पत्रकारहरुसँगको भेटघाटमा आगामी शुक्रबारहरुमा संघ संस्थाहरुको सहकार्यमा कतारका विभिन्न स्थानमा पुगेर प्रसार प्रचार र एमआरपीका लागि आवेदन फारम भर्ने कार्य गर्ने बताईयो। आवेदन फारमा भर्नका लागि संघसंस्थाहरुको सहकार्यमा नेपाली दुतावास कतारको प्रत्यक्ष सहभागिता रहने बताईएको छ।

कतारमा दुतावासले मार्च २०१५ सम्म प्रचार प्रसार तथा आवेदन संकलन गरिसक्ने लक्ष्य लिएको छ।
कतारको सनैया , सहेलिया , मुन्ताजापार्क , साहानिया , तरवारगेट , दुखान , वक्रा , होमसाईड , बसपार्क लगायतका विभिन्न स्थानहरुमा एमआरपी आवेदन फारम संकलन बारे प्रचार प्रसार गरिने बताईएको छ। नेपाली कामदारहरुले पाएको झन्झटलाई मध्यनजर गर्दै नेपाली दुतावाससँग यहाँ स्थापित संघ संस्थाहरुले सहकार्य गर्दैछन्।

प्रचार प्रसारका लागि दुतावासले ४० हजार पम्प्लेटहरु छापी कार्यक्रममा हस्तारण गरेको थियो। कार्यालय समयबाहेक पनि बिदाको दिन हरेक शुक्रबार बिहान ९ बजेदेखि २ बजेसम्म दुतावासमा राहदानी संकलन गर्ने जानकारी गराईएको छ।

आगामी २७ फेव्रवरी , ६, १३ र २० मार्च शुक्रबारका दिनहरुमा दुतावासको प्राङ्गणमा एमआरमी आवेदन फारम संकलन गर्ने छ र त्यस पछिका शुक्रबारका दिनमा दुतावासको साविक बमोजिम नै राहदानी वितरण गर्ने जानकारी गराएको छ। एमआरपी पार्सपोर्टका लागि रितपूर्वक भरिएको राहदानी आवेदन फारम २ प्रति , नेपाली नागरिताको सक्कल प्रमाणपत्र र त्यसको फोटोकपी १ प्रति , हस्तलिखित राहदानीको सक्कल र फोटोकपी १ प्रति कतारको परिचय पत्र वा भिसाको फोटोकपी १ प्रति आवश्यक रहने छ।





Comments

comments

4518