जसको डिजाइनमा यसरी दन्कियो अखण्डको आन्दोलन…

प्रमुख राजनीतिक दलहरुबीच लामो माथापच्ची र विवादकाबीच प्रदेशको सीमा निर्धारणको विषयमा सहमति जुटेको छ। सहमति जुटेको खबर सार्वजनिक हुन नपाउँदै मध्यपश्चिम र सुदुरपश्चिमका विभिन्न जिल्लामा आन्दोलन भइरहेका छन्। यो आन्दोलनलाई आफ्नो स्वार्थ सिद्ध गर्न लागिपरेका केही तत्वले भड्काएको आरोप पनि लाग्ने गरेका छन्।

लामो समयदेखि अधिकारको खोजीमा रहेका जनताले चाहेअनुसारको संघीय राज्य नपाएपछि आएको प्रतिक्रियाको रुपमा पनि त्यसलाई लिएको छ। तर पछिल्लो दिनमा अखण्डको पक्ष विपक्षमा पनि विभिन्न खालका आन्दोलनहरु भईरहेका छन्। ती आन्दोलनको पछाडि भने व्यक्तिगत स्वार्थ र आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्ने अस्त्रका रुपमा लिइएको भनेर विश्लेषण गर्नेहरुको जमात पनि उत्तिकै देखिएको छ।

विशेषगरी सुदूरपश्चिम अखण्ड हुनुपर्छ भनेर आन्दोलन चर्काउनका लागि काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको निवासमा पटक–पटक छलफल भएको थियो। यही साउन २३ गते मध्यरातमा प्रमुख राजनीतिक दलले विगत आठ वर्षभन्दा लामो समयसम्म विवादमा रहेको सङ्घीय राज्यको अवधारणालाई अन्तिम टुङ्गो लगाए। तर सुदूरपश्चिम अखण्ड हुनुपर्छ भनेर आन्दोलन चर्काउने खेलमा देउवा मात्रै होइनन् सुदूरपश्चिमका धेरै जसो नेताको हात रहेको छ।

एमाले उपाध्यक्ष भीम रावल, एमाओवादीका नेता लेखराज भट्टलगायतका नेताहरु देउवा निवास बुढानिलकण्ठमा एक दर्जन भन्दा बढी छलफल गरेका थिए। मदिराका सौखिन देउवाले रावल र भट्टसँग छलफल गरी स्थानीय रुपमा आन्दोलन चर्काएका हुन्। प्रमुख चार दलको बैठकमा भएका छलफल, आएका धारणाका आधारमा देउवा निवासमा हरेक साँझ छलफल हुने गरेको थियो। देउवा, रावल, भट्ट र काँग्रेसका अर्का नेता रमेश लेखकलाई समेत कहिलेकाही बैठकमा सहभागी गराइने गरिएको थियो। कैलाली र कञ्चनपुरलाई अखण्ड प्रदेशमा राख्नुपर्छ भनेर उनीहरुले दबाव दिनुको पछाडि निर्वाचन क्षेत्र सुरक्षित गर्ने रणनीतिको रुपमा मात्रै लिइएको छ।

निर्वाचन क्षेत्र सुरक्षित राख्ने, आफू निर्वाचनमा विजयी हुन्छु कि हुन्न भन्ने मनसायका साथ उनीहरुले अखण्डको नारालाई अगाडि बढाएका हुन्। कैलाली र कञ्चनपुर थारु बहुल क्षेत्र हो। ती जिल्लालाई थारुवान प्रदेशमा राख्नुपर्ने माग विगत लामो समयदेखि उठ्दै आएको हो। माओवादीले जनयुद्धको समयमा समेत ती जिल्लालाई थारुवान प्रदेशमा राख्ने बताएको थियो। अघिल्लो संविधानसभामा काँग्रेस, एमालेलाई क्लिन स्वीप गरेको माओवादीले बुद्धी नपुर्याउँदा र लेखराज भट्ट जस्ता एकात्मक सोच भएका नेताका कारण थारुवानको विषय ओझेलमा परेको थियो। जनआह्वान साप्ताहिकमा खबर छ।

देउवा, रावल,भट्ट र लेखक जस्ता नेताले आ–आफ्ना नेता तथा कार्यकर्तालाई अखण्डको पक्षमा उत्रन निर्देशन दिएका थिए। बुढानीलकण्ठ बैठकको सर्कुलरअनुसार नै अखण्डको पक्षमा कैलाली र कञ्चनपुरमा आन्दोलन चर्काइएको हो। काँग्रेसकै दिलेन्द्रप्रसाद बडुले भने सो आन्दोलनलाई साथ नदिएको बताइएको छ। जुनसुकै हालतमा पनि सुदूरपश्चिमलाई अखण्डको पक्षमा राख्ने रणनीति अनुसार आन्दोलन चर्काइएको थियो। अखण्डवालाले आन्दोलन चर्काएपछि थारु समुदायले पनि सो क्षेत्रमा आन्दोलन जारी राखेका छन्। उनीहरुले कैलाली र कञ्चनपुरलाई थारुवान प्रदेशमा नै राख्नुपर्ने माग राख्दै आएका छन्।

बुढानिलकण्ठ बैठकको योजनाअनुसार नै सिंचाईमन्त्री एनपी साउदको नेतृत्वमा काँग्रेस, एमालेका सांसद्हरुले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समिति अन्तर्गतको विशेष समितिको बैठक चलिरहेको बेला ज्ञापनपत्र बुझाइएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

4547