चरम विवादले एनआरएन युकेको साधारणसभा स्थगित

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –
लण्डन। गत शनिवार युकेको अल्डरसटस्थित कनट स्कुलको सभाहलमा एनआरएन आईसीसीको निर्देशनमा आयोजना भएको बेलायत एनआरएनको विशेष साधारण सभा स्थगित भएको छ।

प्रमुख अतिथि बेलायतका निमित्त कार्यबाहक राजदूत तेजबहादुर क्षेत्री, विशेष अतिथि, आई सीसी महासचिब कुमार पन्त र युरोप संयोजक अर्जुनकुमार श्रेष्ठलले संयुक्तरूपममा दिप प्रज्वलन गरी औपचारिक रुपमा विशेष सभा उद्घाटन भएको कार्यक्रम संस्थाका अध्यक्ष योगेन्दबहादुर क्षेत्रीको अध्यक्षतामा महासचिब योगेन्द्र फगामी र संगीता मरहट्ठाले कार्यक्रम सञ्चालन गरेका थिए।

करीब १८ महिना अगाडि केन्द्रिय एनआरएनको नीति, विधान र श्वयम बेलायत एनआरएनको विधान अनुसार तत्कालीन अध्यक्ष कुल आर्चायको कार्य समितिले बैधानिक हिसाबले एनआरएन केन्द्रको उपस्थितीमा अधिवेशन गराई एनआरएन बेलायतको नयाँ नेतृत्व योगेन्द्र बहादुर क्षेत्री र उनको कार्यसमितिलाई चयन गरेको थियो।

तत्कालीन अध्यक्ष कुल आचर्यकै पालादेखि अध्यक्षको दाबेदार बन्दै आएका तत्कालीन उपाध्यक्ष महेन्द्र कडेलले चुनाब जित्ने सुनिश्चिता नदेखिएपछि आँफैले बनाएको सदस्यता निर्बाचन समितिमा दर्ता नगराई आफैले बोकेर लगि अबिधेशनबाट भाग्दै आफ्नो समूह निर्माण गरी अर्काे अबैधानिक कार्यसमिति खडा गराएका थिए। त्यहि समयबाट एनआरएन बेलायत दुर्इधारमा ध्रुवीकृत हुदै विवादको बृक्षारोपण भएको थियो।

विवादको अन्त्य गर्न एनआरएन केन्द्रले पनि छानविन समिती बनाई तत्कालीन कुल आचार्यको समितिले गराएको निर्वाचनबाट आएको योगेन्द्र बहादुर क्षेत्रीको समितिलाई आधिकारिकता दिएको थियो। जुन विधानतः छानिएको समिति थियो। तर दुरभाग्यबस् केन्द्रको ढुलमुले नीतिका कारण फेरि विधानलाई बेबस्ता गदै एनआरएनलाई आफ्नो नीजि सम्झने सिमित ब्यक्तिहरुले सम्पूर्ण बेलायतबासी एनआरएनका सदस्यहरु र एनआरएन प्रेमी नेपालीहरुको भावनालाई सिङ्गो विधानलाई वेवस्ता गदै चक्रिय प्रणालीमा एनआरएन चलाउने सहमति गरियो। त्यहि सहमतिलाई कार्यान्वयन गर्नका लागि साधारणसभा पनि आवहान गरियो।

यस विवादलाई पूर्ण विराम गर्ने अपेक्षासहित बोलाईएको साधारणसभा खुल्लासत्र हुदै बन्दसत्रमा पुग्दा राति १० बजेसम्म पनि टुङ्गो नलागेपछि कार्यक्रम स्थगितकोे घोषणा गर्न आयोजक कमिटी बाध्य भएका थिए।

खुल्लासत्रमा बेलायतका निमित्त कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, एनआरएन केन्द्रका महासचिब कुमार पन्तलगायत एनआरएन बेलायतका पूर्वनेतृत्वहरुले मन्तव्य राखेका थिए। अधिकांश एनआरएनका जिम्मेवार बक्ताहरुले एनआरएन बेलायतमा भएका विवादलाई अन्त्य गर्न सकेनौ भने आप्रबासी नेपाली समाज विभाजितको दिशातिर जाने सम्भावना देखाउदै यसै विशेष साधारणसभा मार्फत एनआरएनको विधानलाई नकुल्चि साधारणसभामा उपस्थित सम्पूर्ण सदस्यहरुको सहि मार्ग र सल्लाह सुझाबलार्ई मध्यनजर गर्दै विवादको अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरेका थिए।


बन्धसत्रमा शतप्रतिशत सदस्यहरुले आफ्नो भनाई राख्दै गर्दा दुईवटा ध्रुबमा १८ महिना अगाडि पाँचौ एनआरएन बेलायतको महाधिबेशनबाट विभाजित भएका बेलायत एनआरएनको सन्दर्भमा धेरै सत्यतथ्य कुराहरु खुलासा भएको थियो। संस्थाको आर्थिक अनियमिता कुरादेखि नेतृत्वको तानाशाही र निरंकुश प्रवृतिको साथ केही अवसरबादी ब्यक्तिहरुको हाविमुहालीको कारणले एनआरएन बेलायत सबैको साझा हुन नसकेको सिमित ब्यक्ति र वर्गको पोल्टाभित्र मात्र राखिएको र अझै पनि राख्न खोजिएको र उनीहरुको मनोपोलीमा आफ्नो महत्वाकांक्षाले जन्माएको अबैधानिक एनआरएन महेन्द्र कडेललाई बैधानिक प्रकृयाको अन्त्यगरी जिम्मेवारीमा ल्याउन खोजिएको जस्ता कुराहरुको चर्को विरोध भएको थियो।

उक्त बन्दसत्रमा नेपाली युवा समूह बेलायतका तर्फबाट प्रतिनिधित्व गरेका रिचड गुरुङले विधान बमोजिक यस संस्था बेलायत एनआरएनलाई अगाडि बढाउनु पर्छ, विधानलाई कुल्चेर चक्रीय प्रणालीमा जानु हुर्दैन। शतप्रतिशत उपस्थित सदस्यहरुको भावनालाई र बास्तविकतालाई कुल्चेर एनआरएन बेलायत विवादरहित बन्न सक्दैन। यसले विवादको निराकरण र अन्त्य हैन झन बढ्दो रुप र विवादलाई चरम शिखरमा पुर्याउँछ।

यसरी नै अर्का बक्ता एनआरएनका सल्लाकार मास्टर राष्ट्र राईले एनआरएन बेलायतलाई विवादबाट मुक्त गराउन बेलायतमा रहेका हरेक वर्ग हरेक लिङ्ग जातजाति, धर्म संस्कृति र बुढापाकादेखि लिएर युवाहरुको भावना र एनआरएनप्रतिको सकारात्मक सोचलाई कुल्चेर यो संस्था कहिले अगाडि बढ्न सक्दैन र आईसीसीको हरेक विधानविपरीतको निणर्य र निर्देशनलाई हामीले स्वीकार गर्नै पर्छ भन्ने छैन भन्ने आव्हान गरेका थिए। अर्का वक्ता कुमारी गुरुङले आर्थिक पक्षमा पारादर्शी नभएको कुरा र साधारणसभा बोलाएर उपस्थित सम्पूर्ण सदस्यहरुको आफ्नो हक, अधिकारलाई बञ्चित गरिएकोमा घोर आपति जाहेर गरेका थिए। आफ्नो भनाई राख्ने क्रममा सभा स्थगितपछि र सभामा उपस्थित सदस्यहरु सभाहल छोडिसकेपछि अबैधानिक रुपमा समितिको गठन भएमा मान्य हुने छैन र जसको फलस्वरुप अर्को एनआरएन युके तुरुन्तै खडा हुने चेतवानी धिरज राईले दिएका थिए भने कुमार थापाले विधि र विधानमा एनआरएन बेलायत चल्न सकेन भने यस्को भविष्य दिर्घायु हुदैन भन्ने मनसाय राखेका थिए। यसका अतिरिक्त बक्ताहरुले एनआरएनले गरिरहेको अबैधानिक कृयाकलापप्रति आपति जनाएका थिए।

साधारणसभा स्थगित हुनमा तिनै सिमित ब्यक्तिहरुले एनआरएन बेलायतलाई आफूखुशी र आफूले चाहेको महेन्द्र कडेलले नेतृत्व गर्न नपाएको कारण हो भन्ने अधिकांश ब्यक्तिहरुले ठहर गर्नुका साथै स्पष्ट हुनमा आएको छ।





Comments

comments

4587