कोरियाको चिसो मौसममा इन्दिरा जोशीको हट प्रस्तुती

रमेश खावाजु / एचकेनेपाल डट कम-
दक्षिण कोरिया। दक्षिण कोरियाको नयाँ बर्ष सालनालको चिसो मौसममा सञ्चालन गरिएको दुई दिने नेपाली डान्स कन्सर्ट धमाकामा गायिका इन्दिरा जोशीलगायत अन्य कलाकारहरुले नेपाली दर्शकलाई भरपूर मनोरञ्जन दिए।

सउलमा फेब्रुअरी १८ र १९ तारिक सलनालको दिन निकै चिसो मौसममा दापसिप्नीको मुहाक्संग नाइट क्लबमा तथा दोश्रो दिन उल्जिरो ओगास्थित न्यु छोन्जी होटलमा भएको डान्स कन्सर्ट धमाकामा गायिका इन्दिरा जोशीले नेपाली दर्शकलाई कम्मर मर्काइ मर्काइ नचाइन्। स्टेजमा गीत गाउँनुका साथै कम्मर मर्काउन पनि निकै खप्पिस गायिका इन्दिरा जोशीले डान्स कन्सर्ट धमाकामा सकिरा स्टाइलमा डान्स गर्दै नेपाली दर्शकलाई निकै उत्तेजक बनाएका थिए। दर्शकहरु पनि वान्स मोर भन्दै उफ्रेका थिए। गायिका जोशीले उघ्रेको चोली छ, रातो घाँघरलगायत करिब आधा दर्जन गीत गाएकी थिइन्। नेपाली डान्स कन्सर्ट धमाकामा नेपालको पहिलो र्याप गायक गिरीश खतिवडाले पनि मलाई भोट देउलगायत आफ्ना चर्चित गीतहरु गाए।

पहिलो पटक कोरियामा आफ्नो प्रस्तुती दिन आएका मिस राजधानी २०१० पविना राईले नेपाली गीत माइतीघर, हिन्दी गीत कमली कमलीमा सेक्सी डान्स गर्दा दर्शक झुमिएका थिए। नेपालमा म्युजिक भिडियो, बिज्ञापनमा अभिनय, मोडलिङ तथा विभिन्न फेसन शोहरुमा आफ्नो प्रतिभाहरु प्रस्तुत गर्दै आएकी पविना राईले नेपालको कन्सर्ट र कोरियाको कन्सर्टमा धेरै फरक रहेको बताइन्।

त्यसै गरी, नेपाली डान्स कन्सर्ट धमाकामा डिजे शिशिरले बिभिन्न संगीतमा करिब ५ सय सहभागी दर्शकलाई बिभिन्न संगीतमा नचाएका थिए। बेलुकी १० बजेबाट शुरु भएको डान्स धमाकामा बिहान झण्डै ५ बजेसम्म कलाकारहरुले भिन्न भिन्न प्रस्तुतिहरु दिएर दर्शकहरुलाई झुमाएका थिए। कार्यक्रम तथा कलाकारहरुलाई सेभ नेपाल फुटबल फाउन्डेसनका अध्यक्ष टेण्डी शेर्पाले व्यस्थापन गरेका थिए।

तस्वीरहरूः युदीप फोटोग्राफी

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

4594