प्रहरी र प्रदर्शनकारीबीच झडप, दर्जनौं प्रदर्शनकारी घाइते

काठमाडौं, फागुन १६ – खुलामञ्चमा सांस्कृतिक कार्यक्रमपछि औपचारिक कार्यक्रम सुरु भएको छ। प्रहरी हस्क्षेपमा डेढ सय कार्यकर्ता घाइते भएको मोर्चाले जनाएको छ। निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले बानेश्वरमा हस्तक्षेप गर्दा दर्जनौं प्रदर्शनकारीहरू घाइते भएका छन्। प्रहरीले लाठी र अश्रु ग्यास प्रहार गरेको थियो।

एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले शनिवार खुल्लामञ्चमा आमसभा गरेर शक्ति प्रदर्शन गर्दैछ। खुलामञ्चमा आमसभा हुनुअघि राजधानीको विभिन्न ५ वटा केन्द्रबाट जुलुस निस्केका थिए। जुलुसको नेतृत्व बाबुराम भट्टराई, टोपबहादुर रायमाझी, गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ र वर्षमान पुनले गरेका थिए।

बिहान सुरू भएको र्यालीपछि झाँकी तथा साँस्कृतिक कार्यक्रम भएका थिए। खुल्लामञ्चमा दलका नेताहरुले आमसभालाई सम्बोधन गर्दै छन्।

सम्वोधन गर्ने क्रममा आदिवासी जनजाति नेता डा. ओम गुरुङले अधिकारका लागि बन्दुक उठाउने चेतावनी दिए।

आमसभालाई सफल पार्न गाउंगाउंबाट ट्रक, र बसमा कार्यकर्ता तथा गाउंलेहरू आएका छन्। मोर्चाले आमसभाका सफल पार्न करीब २९ लाख खर्च हुने यसअघि जनाएको थियो।

यसैबीच, सरकारले विपक्षीहरुको प्रदर्शनलाई लक्षित गरी काठमाडौंका विभिन्न ९ स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। उपत्यका प्रवेश गर्ने थानकोट, फर्पिङ, बालाजु बाइपास, बौद्धलगायतका सबै स्थानमा सवारी साधनलाई कडाइका साथ जाँच गरिएको प्रहरीले जनाएको छ। त्यस्तै लाठी, भाटा र छडी लिएर प्रदर्शनमा जान रोक लगाएको छ।

प्रहरीले गएराति एउटा ट्रकमा लुकाइराखेको दुई हजारभन्दा बढी लाठी बरामद गरेको छ। शक्ति प्रदर्शनका विभिन्न स्थानमा लुकाइराखेका लाठी प्रहरीले बरामद गरेको हो। थानकोटस्थित एक घरबाट सात सय लाठी र जगते, कोटेश्वर, जटीबुटी, बालाजुलगायत स्थानबाट पनि लाठी बरामद गरेको प्रहरीले जनाएको छ।

फोटोहरूः @Annapurna_Post @PahiloPost

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

4688