बैदेशिक रोजगारीमा जानेहरुका लागि छुट्टै फन्ट तयार गरिने – शेष घले

रबी भट्ट / एचकेनेपाल डट कम –
क्वाललम्पुर। एनआरएन आइसिसी अध्यक्ष शेष घलेले बैदेशिक रोजगारीमा जानेहरुका लागि छुट्टै फन्ट तयार गरिने बताएका छन्। एनआरएन मलेसियाले शनिबार गरेको अन्तर्कृया कार्यक्रममा बिशेष अतिथिको रुपमा आएका घलेले यस्तो बताएका हुन्।

चुनाबअघि आफ्नो घोषणा पत्रमा उल्लेख गरिएको सम्पूर्ण कुरा पूरा नभएको र त्यसलाई पूरा गर्न आफू लागी परेको बताए। आफूले १ अर्ब रुपैया शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरिरहदा एनआएनको भवनका लागि २५ करोड लागे पनि गर्न सक्ने तर विश्वमा रहेका प्रवासी नेपालीहरुको भावनाहरु साट्नु, सबलाई जुटाउनु महत्व भएकोले बिस्तारै गैरआवसीय नेपालिहरुको हितमा काम गर्ने घलेले थपे। सामाजिक र आर्थिक क्षेत्रमा बिशेष जोड दिने बताउदै बैदेशिक रोज्गारीमा जानेहारुको समस्या अझै न्यूनीकरण नभएको बताए। कारणबस बिदेशमा मृत्त्यु हुनेहरुको लासलाई पठाउनको लागि १ करोड राखेता पनि काममा नाअएको उनले जानाकारी दिए।

कार्यक्रममा प्रमुख अतिथि राजदूत निरन्जनमान सिंह बस्नेतले कुटनीतिक नियोग जुन काम हो त्योभन्दा पनि अलग रहेर ९ लाख नेपालीहरुको लागि दूताबासले काम गरेको जानाकारी दिए। नेपाली कामदारहरु बढी भएको ठाउंमा बाणिज्यराजदूत नियुक्ती गरेको, कम्पनी बन्द भएर नेपाल फर्केकाहरुको लागि टिकट उपलब्ध गराइ नेपाल फर्काएको, गैरकानुनी रुपमा बसेकाहरुका लागि नेपाल फर्किन पुन दोस्रो पटक सुरु गरेको, अस्पतालमा बिरामी भएर बसेका पाँचथरका धन बहादुरलाई नेपाल फर्काएको लगायत बिभिन्न काम गर्दै आएको जानाकारी दिए।

दूताबासले नेपाली ब्यावसायीलाई वेवास्ता गरेको, खानामा दूताबासले नै बासी भनेको, एउटा कम्पनीमा ल्याउने र ३ वटासम्म कम्पनीमा लगेर भिषा नलाउने र अलपत्रमा पार्दा दूताबासले के सहयोग गर्न सक्छ भन्ने प्रश्नमा राजदूत बस्नेतले त्यस्ता कम्पनीहरु पहिचान गरेर कालो सूचिमा रख्ने बताउदै भने हामीले नेपालीले बासीखानाको बारेमा भने कम पैसा हुनेले खादा बासी पर्छ कि भनेको तर पनि त्यसको लागि क्षेमा प्रार्थी रहेको बताए।

राजदूत बस्नेतले नेपालीले नेपालीलाई नै ठगेको छ, व्यवसयीबिच अस्वस्थ्य प्रतिस्पर्धा छ। त्यसैले पहिले तपाइहरु मिल्नुस एक एक रुख भएर होईन सिङ्गो जङल भएर बस्न सक्नुस् अनि दूताबास तपाइहरुको लागि हातेमालो गर्छ। एनआरएनप्रति लक्षित गर्दै थपे तपाईहरु दुखपरेका तल्लो तहका कामदारहरुलाई निशुल्क सहयोग गर्नुस् त्यसमा दूताबासले निशूल्क कोठा उपलब्ध गराउने छ।

डिटेन्सन क्याम्प र जेल परेकाहरुलाई कसरी सहयोग गर्न सकिन्छ त्यसमा लाग्नु पर्ने बताए। सरकारले ८० हजार म्यानपावरलाई बुझाउने भने पनि १ लाख ६० हजारसम्म रकम तिरेर आएको स्वीकरे पनि त्यसको लागि सरकार र सम्बन्धित निकायले नटेरेको र आफूले केही गर्न नसक्ने फितलो जबाफ दिए।

एनआरएन मलेसियाका अध्यक्ष शंकर बहादुर पौडेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा एनआरएनले तयार पारेको आवश्यक सुझाब र मलेसियाको बारेमा दूताबास र एनआरएन केन्द्रको लागि कार्यसमिती सदस्य प्रेम पाण्डेले प्रस्तुत गरेका थिए। जस अन्तर्गत नेपाल र मलेसियाबिच तुरुन्त श्रम सम्झौता गर्नु पर्ने, घरेलु कामदार ल्याउने सम्झौत भएमा ठूलो दुर्घट्ना हुने, नेपाली व्यवसायीहरुलाई उचित सुरक्षा दिनु पर्ने, दूताबासलाई अन्य संघसंस्थासँग समान्वय गर्न आग्रह गरिएको थियो।

कार्यक्रममा एनआरएन भबन निर्माण एसियाका संयोजक यमकुमार गुरुङ, एनआरएन आइ सिसी मलेसियाका भुवानी शंकर तिवारि, महासचिब सुनिल चालिसेलगयतले मन्तब्य राखेका थिए। कार्यक्रममा जेरो माइलले नेपाली कलाकारको संयोजन गरेको थियो। कलाकारहरुको आकर्षक नृत्यले सबैलाई भाबुक बनएको थियो।

भवन निर्माणको लागि मलेसिया बाट ४८ हजार ५५ हजार ६ सय ५ रुपैया उठेको एनआरएन मलेसियाका सल्लाहकार बिश्व राईले जानाकारी दिए। कार्यक्रममा प्रभु मनी ट्रान्सफरका देवी भट्टचन र आइ एमका हेमराज ढकालले सात सात लाख रुपैया दिने घोषणा गरेका थिए।





Comments

comments

4742