हङकङमा यसरी मनाइयो भानु शतवार्षिकी (फोटो फिचरसहित)

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १३ जुलाई। नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिकी देश विदेशमा मनाईंने क्रममा हङकङमा पनि मनाएको छ।

हङकङ नेपाली साहित्य परिषदको आयोजना तथा हङकङ नेपाली फाउण्डेसनको संयोजनमा द्विशतक भानुजयन्ती मनाइएको छ। याउ मा तेईस्थित हेनरी जी ल्योङ कम्युनिटी सेन्टरमा हङकङका जल्दाबल्दा साहित्यकार तथा संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा भानुभक्त आचार्यको द्विशतवार्षिकी मनाइएको हो।

‘भानु सम्मान’द्वारा सम्मानित प्रकाश छाङ्छा राई (दायाँबाट दोस्रो)

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष किसन राईले नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यबारे प्रकाश पारेका थिए। कार्यक्रममा बोल्दै राईले अर्को वर्षदेखि हङकङबाट प्रकाशित नेपाली साहित्कारका कृतिमध्ये एकलाई उत्कृष्ट कृति पुरस्कार प्रदान गरिने तथा एकजना जेष्ठ साहित्यकारलाई सम्मान गरिने जनाए। यस पटक प्रकाश छाङ्छा राईलाई ‘भानु सम्मान’द्वारा सम्मान गरिएको छ। हङकङको नेपाली साहित्य र बाङ्मय श्रीबृद्धिमा अनवरत क्रियाशील रहेका राईलाई भानुजयन्ती २०१४ को अवसरमा छाङ्छा राईलाई भानु सम्मान प्रदान गरिएको हो।

कार्यक्रममा साहित्यकार, कवि तथा विद्यार्थीहरूले कविता वाचन तथा गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा हाङ युग अज्ञात, बज्रकुमार थुलुङ, प्रकाश छाङ्छा राई, पूर्णिमा जी शाह, डिबी पालुङ्वा, सुनिता गिरी, दीपा एवाई राई, अशोक राई, टिबी याक्खा, मनु लिम्बुले कविता वाचन तथा विद्यार्थी सुमि राई, सुब्रियाना राई, रेश्मा र प्रशनले गीत प्रस्तुत गरेका थिए।

साहित्यकारहरू, नेपाली शिक्षक शिक्षिकाहरू, विद्यार्थीलगायत कार्यक्रममा सहभागीहरूले भानुको तस्वीरमा पूष्पगुच्छा अर्पण गरेर भानुप्रति सम्मान व्यक्त गरेका थिए। भानुभक्त शतवार्षिकीको अवसरमा नेपालबाट साहित्यकार नरेन्द्रराज प्रसाईंले स्काईपमार्फत भानुभक्तबारे मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्य परिषदका सदस्य सैलेन्द्र बोगटीद्वारा तथा देवराज राईद्वारा सञ्चालित कार्यक्रमको अध्यक्षता परिषदका सचिव नन्दलाल थोकरले गरेका थिए। स्वास्थ्य प्रतिकूलताका कारण परिषदका अध्यक्ष पशन तमू कार्यक्रममा उपस्थित रहेनन्।

लाईभ अपडेटमा देवराज राई मोबाइल तस्वीरहरू जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम।
थप तस्वीरहरू





Comments

comments

476