८३ घण्टापछि खुल्यो एयरपोर्ट, ५ दिनसम्म चौबीसै घण्टा सञ्चालन हुने

काठमाडौं, फागुन २४ – लामो अथक प्रयाशपछि दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको जहाजलाई पार्किङमा ल्याइएपछि चार दिनदेखि अवरूद्ध विमानस्थल शनिवार साँझ साढे ७ बजेबाट सञ्चालनमा आएको छ। साढे ८३ घण्टा विमानस्थल अबरूद्ध हुंदा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका थिए भने नेपाल आउने र बाहिर जाने करीव ५० हजार यात्रुहरू अलपत्रमा परेका थिए। अलपत्र सबै यात्रुलाई गन्तव्य लान र ल्याउन विमानस्थल पाँच दिनसम्म चौबीसै घण्टा सञ्चालन हुने भएको छ।

यसरी गरियो जहाज हटाउने प्रयाशः (तलदेखि माथि)

यो पनि पढ्नुहोस्…
टर्किस एयरको विमान त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा दुर्घटना (फोटो फिचर)
काठमाडौं, फागुन २० – टर्किस एयरलाइन्सको विमान बाक्लो हुस्सुको कारण अवतरण गर्ने क्रममा त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ। टर्कीको ७२६ फ्लाइटको विमान ‘रन वे’बाट चिप्लिएर दुर्घटना भएको हो।

इस्तानबुलबाट काठमाडौं आएको सो जहाजको अगाडिको नाक ठोक्किएर सामान्य क्षति भएको छ। दुर्घटनामा मानवीय क्षति नभएको विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले जनाएको छ। विमानमा चालक दलका सदस्यसहित २ सय ४८ जना सवार यात्रुहरू सकुशल छन्। उनीहरुलाई आपतकालीन ढोकाबाट निकालिएको थियो।

सेतो कुहिरो (हुस्सु)का कारण भिजिबिलिटी कम भएकोले विमान उडान र अवतरण प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ। यसअघि, कम भिजिबिलिटी भएकोले टर्किसलगायत एयर अरेबिया, इन्डियन एयरलाइन्स, चाइना साउदर्न एयरलाइन्स, ड्रुक एयर निकै लामो समय आकासमै होल्ड गरिएको थियो। केही दिनयता खराब मौसमका कारण काठमाडौंबाट हुने उडानहरू प्रभावित हुँदै आएका छन्।

फोटोः नागरिक, पहिलो पोष्ट, ट्वीटर, @Prashant68, @Annapurna_Post





Comments

comments

4805