लोग्नेलाई लाज लाग्ने अवस्थामा भेट्टिएपछि…

काठमाडौं, फागुन २० – कार्यालयबाट बिदा लिई–लिई हाकिम भट्टी धाउने, १४ केटीसँग घेरिएर मस्ती मार्ने, ५ दिन हिरासतमा बसेर आफू सुटुक्क छुट्ने। यही केसमा होटल मालिक देवबहादुर श्रेष्ठले चाहिँ ५० हजार धरौटी जुटाउन नसक्दा जेल जानुपर्ने, रेष्टुरेन्ट पनि बन्द गरिने। यसैलाई हो मत्स्यन्याय भनिएको।

ग्रान्ड बैंकको मिटिङमा जान्छु भन्दै पत्नीसँग बिदावरी भइवरी अपराह्न ४ बजे चाबहिलस्थित घरबाट छुटेका पतिले राति ८ बजे मापसेमा परेँ, मेरो उद्दार गर भन्दै फोन गर्छन्। होटलबाट रंगेहात पक्राउ पर्दा नाम, थर र वतन ढाँट्छन्। र,प्रहरीले फोटो खिच्न खोज्दा हातले अनुहार छोप्छन्। मगज बिग्रेको भनौं त्यत्रो बैंकको सिइओ। न त भाङ, धतुरो नै खाएको, न नावालक। तैपनि, चिच्याउँछन्, कराउँछन्,‘मलाई प्रहरीले फसायो’ भन्दै।

आजको जनआस्था साप्ताहिकले छापेको छ- यसरी तमासा देखाउने अरु कोही नभएर कुमारी बैंकका सिइओ उदयकृष्ण उपाध्याय हुन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

4821