कोरियामा हामी नेपाली कन्सर्टले ‘बुद्ध नेपालमा जन्मेको’ प्रचार गर्ने

रमेश खावाजु / एचकेनेपाल डट कम –
दक्षिण कोरिया। आउदो बुद्ध जयन्तीको अवसर पारेर मे २४ तारिकमा सेभ नेपाल फुटबल फाउण्डेसनले सउलमा बृहत सांकृतिक कार्यक्रम ‘हामी नेपाली’ कार्यक्रम गर्ने भएको छ।

राजधानी सउलको छाम्सिलको जिम्न्यास्टिक ग्राउण्डमा हुने हामी नेपाली कार्यक्रममा कोरियाका बिशिष्ट ब्यक्तिहरुको पनि उपस्थिति हुने भएकोले कार्यक्रमको मुख्य नारा ‘बुद्ध नेपालमा जन्मेको’ रहेको छ। कार्यक्रममा नेपालबाट सुप्रसिद्द कलाकारहरु १९७४ एडी ब्याण्ड ,नेपाली तारा २०१५ का बिजेता, गायिका इन्दिरा जोशी, मिस नेपाल सदिक्षा श्रेष्ठ, रयाप गायक गिरिश खतिवडा, मिस राजधानी २०१० परिना राई, डिजे शिशिरको प्रस्तुति रहनेछ।

नेपाली फुटबल क्षेत्रको विकास संगसंगै विश्वमा नै भगवान बुद्ध भारतमा जन्मिएको हो भनी फैलिएको भ्रमको अन्त्य गरी “गौतम बुद्ध नेपालमा जन्मिनु भएको हो ” भन्ने सत्य तथ्यलाई प्रचार गर्ने यस कार्यक्रमको मुल उद्धेश्य रहेको संस्थाका अध्यक्ष आङ टेण्डी शेर्पा बताए। अध्यक्ष शेर्पाले कार्यक्रममा नेपाली कला संस्कृति झल्किने गरी गुरूङ, नेवारी, मगर, तामाङ, शेर्पा, राई/लिम्बु आदि ईत्यादिहरुको स्थानीय नृत्यहरुको पनि बिशेष प्रस्तुति रहने बताए।

द.कोरियामा नेपाली कला संस्कृति झल्किने यस सांगीतिक कार्यक्रममा कोरियाको प्रमुख टिभी च्यानल एमबीसीले पनि प्रसारण गर्ने संस्थाले बताए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

4881