जमुना गुरुङ अष्ट्रेलियाकी आठौं धनी महिला

अष्ट्रेलिया, फाल्गुन २४ – नेपाली मुलकी जमुना गुरुङ यसबर्ष अष्ट्रेलियाको आठौं धनी महिला बनेकी छिन्। गतबर्ष ११ औं नम्बरमा रहेकी उनी यसबर्ष २ सय ६४ मिलियन डलर सम्पत्तिसहित आठौं नम्बरमा अटाएकी हुन्।


फाइल फोटोः श्रीमान घलेसंग जमुना गुरूङ

अष्ट्रेलियाको आर्थिक पत्रिका बिजनेश रिभ्यु विक्लीले आइतबार विश्व महिला दिवसका अवसर पारेर अष्ट्रेलियाका ३० ‘सेल्फ मेड’ धनी महिलाहरुको सुची सार्वजनिक गरेको हो। उक्त पत्रिकाले प्रत्येक बर्ष अष्ट्रेलियाका धनी व्यक्तिहरुको सुची सार्वजनिक गर्दै आएको छ।

एनआरएन अध्यक्ष शेष घलेकी श्रीमती समेत रहेकी उनी कुल १ सय ५ मिलियन डलर सहित गतबर्ष ११औं धनी महिला बनेकी थिईन्। यसबर्ष उनको सम्पती १ सय ५१ प्रतिशतले बृद्धि हुँदै २ सय ६४ मिलियन डलर पुगेको पत्रिकाले उल्लेख गरेको छ।

पत्रिकाका अनुसार विश्व महिला दिवस मनाउने क्रममा अष्ट्रेलियामा रहेर आफैंले संघर्ष गरेर सम्पत्ति आर्जन गर्न सफल ३० महिलाहरुको सूचि सार्वजनिक गरिएको समाचार कान्तिपुर दैनिकको अनलाइन संस्करणमा नारायण खड्काले लेखेका छन्।

यस सूचिमा आफ्नो पुर्खाको सम्पतीबाट थप सम्पत्ति आर्जन गर्ने महिलाहरुलाई नसमेटिएको समेत जनाइएको छ। अष्ट्रेलियामा मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी, रियल स्टेट ब्यवसाय, नेपालमा निर्माणाधिन होटल व्यवसायलगायतका ब्यवसायमा आबद्ध छिन्। यसबर्ष उनीहरुको ब्यवसाय मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीले करिब ६० प्रतिशत नाफा आर्जन गर्न सफल भएको जनाइएको छ।

गुरुङ सन १९९० मा बिद्यार्थीका रुपमा आफ्ना श्रीमान शेष घलेसँगै अष्ट्रेलिया आएकी थिइन्। उनले उनका श्रीमान घलेसँगै १ अर्ब रुपैयाँको परोपकारी कार्य गर्न कोष स्थापना गर्ने घोषणा समेत गरिसकेकी छिन्। उक्त सूचिमा उनीसँगै अष्ट्रेलियाली नायिका निकोल किडम्यान् ३ सय ३१ मिलियन डलरसहित छैटौं नम्बरमा अटाएकी छिन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

4929