तमुवान आन्दोलनका लागि विभाग गठन

हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, फागुन २४- जातिय पहिचानसहितको संघीय संविधान निर्माणका लागि अधिकारकर्मी नागरिक अगुवा पद्मरत्न तुलाधरको अध्यक्षतामा गठित आदिवासी जनजाति राष्ट्रिय जनआन्दोलन नेपालको सम्झौताहीन आन्दोलनलाई सशक्त बनाउन तमुवान समिति अन्र्तगत चार विभाग गठन गरिएको छ।

आदिवासी जनजाति राष्ट्रिय जनआन्दोलन तमुवान समितिका सोमवार पोखरा सम्पन्न बैठकले आर्थिक विभाग, प्रचार विभाग, युवा विभाग र सचिवालय व्यवस्थापन विभाग गठन गरेको हो।

पहिचान एवं तमुवानको आन्दोलनलाई सशक्त बनाउन गुरुङ प्राज्ञिक तथा व्यवसायिक मञ्च नेपालका अध्यक्ष सुन्दर गुरुङको संयोजकत्वमा जितबहादुर गुरुङ मामा, देवीराज गुरुङ, सिआई हरिधोज गुरुङ, क्या.मेकबहादुर गुरुङ, सु.इमानबहादुर गुरुङ, खेमबहादुर पुनमगर, गिरीप्रसाद गुरुङ सदस्य चयन हुनुभएको छ।

यसरी नै आदिवासी जनजाति राष्ट्रिय जनआन्दोलन, पहिचान र तमुवान आन्दोलनको गतिविधी प्रचार प्रसारका लागि नेपाल आदिवासी जनजाति महासंघ(फोनिज) कास्कीका अध्यक्ष हुमबहादुर गुरुङको संयोजकत्वमा रुद्रश्रीस मगर र विनु मस्राङ्गी मगर सदस्य रहेको प्रचार विभाग गठन गरिएको छ।

यसै गरी आन्दोलनमा युवा परिचालनका लागि आदिवासी जनजाति युवा महासंघका केन्द्रीय उपाध्यक्ष रामबहादुुर थापामगरको संयोजकत्वमा आदिवासी जनजाति युवा महासंघ तमुवान अन्र्तगतका जिल्ला अध्यक्षहरु र पहिचान पक्षधर युवा अगुवाहरु रहने गरी युवा विभाग गठन गरिएको आन्दोलनका तमुवान प्रवक्ता दीपक तामाङले जानकारी दिनुभयो।

यसरी नै आन्दोलनको सचिवालय व्यवस्थित सञ्चालनका लागि तमु राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष बखानसिंह गुरुङको संयोजकत्वमा दीपक तामाङ, अर्जुन छन्त्याल, धर्म गुरुङ, ओम गुरुङ, मनबहादुर गुरुङ, कृष्ण गुरुङ सदस्य रहनुभएको सचिवालय व्यवस्थापन विभाग समेत गठन गरिएको छ।

नव गठित विभाग आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले चैत्र ४ गते तमुवानको राजधानी पोखरामा आयोजना गर्ने जनप्रर्दशन तथा सभालाई ऐतिहासिक बनाउन केन्द्रीत हुने र तमुवान प्रदेश प्राप्ति नहुञ्जेल क्रियाशील रहने आदिवासी जनजाति राष्ट्रिय जनआन्दोलन समिति तमुवानका संयोजक राजकाजी गुरुङले बताउनुभयो।

यसैगरी चैत्र ४ गते पोखरामा हुने प्रर्दशन तथा सभालाई भव्य बनाउन बैठकले विभिन्न आदिवासी जनजाति संघ संस्था, समुदायमा बृहत छलफल प्रशिक्षण सञ्चालन गर्नका लागि जिम्मेवारीहरु समेत तोकेको बताइएको छ।

आन्दोलन समिति तमुवान संयोजक राजकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार गणेशमान गुरुङले आन्दोलनलाई सशक्त बनाउन सबैको साथ सहयोग जरुरी रहेको बताउनुभएको थियो भने कार्यक्रम प्रवक्ता दीपक तामाङले संचालन गर्नुभएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

4931