कुवेर र आभा बेलायतमा, यलम्बर सांस्कृतिक श्रृंखलाको पूर्ण तयारी

ईश्वर चाम्लिङ / एचकेनेपाल डट कम –
बेलायत। किरात राई सांस्कृतिक कलाकार संघ युकेको आयोजनामा सम्पन्न हुन गइराखेको श्रृंखलावद्ध कार्यक्रम यलम्बर सांस्कृतिक श्रृंखलाको पूर्ण तयारी भैसकेको छ।

सांस्कृतिक श्रृंखलाको पहिलो श्रृंखलामा सहभागी हुन नेपालबाट चर्चित गायक कुवेर राई र गायिका आभा मुकारूङ्ग बेलायत आइपुगेका छन्। संस्कार, संस्कृति, भाषा, गीतसंगीत र आम नेपालीत्वको संरक्षण तथा सम्वर्दन गर्ने उद्देश्यले नेपाली कलाकारहरुको सम्मानार्थ तथा यलम्बर सांस्कृतिक पुरस्कार कोष स्थापनार्थ श्रृंखलावद्ध आयोजित यलम्बर सांस्कृतिक श्रृंखलाको पहिलो श्रृंखलाको उद्घाटन कार्यक्रम युकेको राजधानी लण्डनमा आइतबार २२ जुनको दिन हुने छ।

त्यस्तै २७ जुन शुक्रबार क्यान्टरबुरिमा, ६ जुलाई आस्फोर्डमा, १२ जुलाई ब्रेकनमा, १३ जुलाई फार्नबोरोमा र ३ अगस्त फल्कस्टोनमा समापन कार्यक्रमसहित तयारी भएको छ।

कार्यक्रममा ख्यातिप्राप्त चर्चित कलाकारद्वय कुबेर राई र आभा मुकारुङ्गको साथमा स्थानीय कलाकारहरूले भरपूर मनोरञ्जन दिने आयोजक संस्थाका महासचिव डिल्लीराम राईले बताए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

50