अलखोर कतारमा मैत्रीपूर्ण क्रिकेट खेलको आयोजना सम्पन्न

तिलविक्रम थेवे / एचकेनेपाल डट कम –
दोहा कतार। गत साता अलखोर श्रमिक स्पोर्ट्स कम्प्लेक्समा च्यालेन्जर मिस्नाद क्रिकेट टिम र दोहा इक्बाल एघार क्रिकेट टिमबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ।

दुई चरणमा सम्पन्न भएको सो खेलको प्रथम चरणमा च्यालेन्जर मिस्नाद क्रिकेट टिमले इक्बाल एघार क्रिकेट टिमलाई ११ रनले जितेको थियो भने ८ विकेट गुमाएर १५ ओभरमा ९३ रन जोडेको थियो। उक्त खेल दुइ चरणमा भएको थियो भने प्रथम चरणको खेलमा च्याल्यान्जर मिस्नाद क्रिकेट टिमले १० रनले जितेको थियो भने ८ विकेट गुमाएर १५ ओबर खेलमा ९३ र जोडेको थियो।

इक्बाल एघारले टस जितेर व्याटिङ्ग गरेको दोस्रो चरणको खेलमा च्यालेन्जर मिस्नाद क्रिकेट टिम ५ विकेट गुमाएर ७ ओबरमा ५ विकेटले विजयी बन्यो भने इक्वाल एघार ५६ रनमा अलआउट भएको थियो।

च्यालेन्जर मिस्नाद क्रिकेट टिमका उपकप्तान अब्दुर कादरका अनुसार यो मैत्रीपूर्ण खेलले क्रिकेट खेलाडीहरुलाई उत्साह दिएको र खेल आफैमा रोचक भएको वताए भने विश्वकप क्रिकेट भइरहेको सन्दर्भमा त्रिकेटको खेल आयोजना हुनु खेलप्रेमीहरुका लागि पनि निकै रमाइलो र महत्वपूर्ण हुने सन्ध्या ग्रुप अलखोरका प्रमुख सल्लाहकार वीरेन्द्र कुमार याक्थुङ्गवाले बताए।





Comments

comments

5033