गाडीभित्र जलेर कतारमा २ नेपालीको मृत्यु

काठमाडौं, चैत १ – स्थानीय राजमार्गमा सवारी दुर्घटनामा परी शनिबार सवेरै २ नेपालीको ज्यान गएको छ।

आफ्ना सहकर्मीलाई हमाद विमानस्थलमा छाडेर फर्कने क्रममा तनहुँका हरिभक्त गैरे र झापाका सन्तोष लिम्बु दुर्घटनामा परेका हुन्।

उनीहरुको गाडीभित्रै जलेर मृत्यु भएको समाचार कान्तिपुर दैनिकले छापेको छ। गाडी चालक गणेश ढुंगाना गम्भीर घाइते छ।





Comments

comments

5052