नातिनी बलात्कार गर्ने ८२ वर्षे बृद्धलाई ११ बर्षको जेल सजाय

दोलखा, चैत ३ – १० बर्षीया नातिनीलाई बलात्कार गरेको ठहरिएपछि एक बयोबृद्धले ११ बर्ष कैद ताेकिएकाे छ। माघ महिनाको एक अपरान्ह आफ्नै नातिनीलाई कोठामा लगेर करणी गरेको अभियोगमा जिल्ला अदालतले सुनखानी गाविस- ४ का ८२ बर्षीय बृद्धलाई कैद र नगद जरिवानाको सजाय गरेको छ।

दोलखा जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद शर्माको इजलासले कैद सजाय र पीडितलाई ५० हजार क्षतिपूर्ति आदेश गरेको समाचार कान्तिपुर दैनिकले छापेको छ।

आँगनमा गट्टा खेलिरहेकी १० बर्षीया नातिनीलाई २० रुपैयाँ र ४ बर्षीया नातिनीलाई चकलेट र विस्कुट दिदै फकाएपछि दुवैलाई बृद्धले कोठामा लगेको अदालतमा दिएको वयानमा उल्लेख छ।





Comments

comments

5092