कतारमा संघीय लिम्बुवानको बनभोज

तिलविक्रम थेवे / एचकेनेपाल डट कम –
लिम्बुवानी विद्यार्थी वीर शहीद मनिल तामाङ्गले धुलावारी झापामा वि.सं. २०६५ साल चैत्र ६ गते सहादत्त प्राप्त गरेको ऐतिहासिक दिनको अवसर पारेर गत शुक्रबार संघिय लिम्बुवान समाज कतारले सांगीतिक माहौलमा बनभोज कार्यक्रमको आयोजना गर्यो।

एकात्मकवादीहरुको अन्याय र अत्याचारको विरुद्ध बुलन्द हुदै पहिचान र स्वायत्त अधिकार सहितको संधिय लिम्बुवान प्रदेश प्राप्तको लागि शोकलाई शक्तिमा परिणत गरी सह–अस्तित्व सामाजिक सदभाव, समावेसी, समानुपातिक एवं आपसी भाइचारा कायम राख्दै जाने सन्देशसहित संयोजक अर्थसचिब अबिर मादेन, उपसंयोजक महिला बिभाग प्रमुख रेखा राई र व्यवस्थापनतर्फ मदन मादेम्बा, धनप्रसाद साबा, देउकुमार नेम्बाङ्ग, उपमहासचिव डम्बर लिवाङ्ग, सल्लाहकार सागर तुम्बाहाम्फे श्याम सुहाङ्ग हुक्पा चोङ्गवाङ्ग लगायतको टिम रहेको तथा उपाध्यक्ष यतुकुमार सम्बाहाम्फेको सभापतित्वमा साहानिया अल दोसरी जु मा बनभोज कार्यक्रम सम्पन्न भयो । बनभोज कार्यक्रममा समाजको लोगो अंकित टिसर्ट समेत सार्वजनिक गरियो।

समाजका सचिव तथा प्रवक्ता सेवालुङ्ग लिबाङ्गको संचालन र उपाध्यक्ष देउकुमार नेम्बाङ्गको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रममा राष्ट्रिय गीतसंगै लिम्बुवानवासी वीर सहिदहरु राजकुमार आङ्ग्देम्बे माङ्ग्तोक र मनिल तामाङ्ग, काङ्ग्सारे राय, बाजहांग आङ्ग्बुहाङ्ग, बिजयबहादुर लिम्बु, राम्लिहांङ्ग र रिदामा आठपहरिया लगायत ज्ञातअज्ञात सहिदहरुप्रति उच्च सम्मान गरिएको थियो।

कार्यक्रममा विशेष अतिथी किरात याक्थुङ्ग चुम्लुङ्गका अध्यक्ष लोकेन्द्र तुम्रोक लिम्बु, अन्य अतिथीहरु समाजका उपाध्यक्षहरु मदन मादेम्बा, धनप्रसाद साबा, देउकुमार नेम्बाङ्ग, महासचिब तिलबिक्रम थेबे, उपमहासचिव डम्बर लिबाङ्ग, सह अर्थसचिब किरण लिङ्गदेन, सचिवालय सदस्य कुमार योङ्गहाङ्ग, केन्द्रिय सदस्यहरु बिरेन्द्र के. याक्थुङ्ग्बा, शिसिर रिमाल, श्रीमति बबिता नेम्बाङ्ग, तिलविक्रम थेगिम, सल्लाहकारद्धय श्यामसुहांग हुक्पा चोङ्ग्बाङ्ग र सागर तुम्बाहाम्फे, सनैया ३९ क्षेत्रिय समितिका उपाध्यक्ष प्रेम मिघक, मोआसालात क्षेत्रिय समितिका सचिव रमेश योङ्गहाङ्ग, उम सलाल अलि क्षेत्रिय समितिका अध्यक्ष तेज थेबे, सहानिया क्षेत्रिय समितिका अध्यक्ष पूर्ण लिम्बु, सनैया ४७ क्षेत्रिय समिति सदस्य श्रवण थेवे, रहेका थिए । सन्ध्या ग्रुप अलखोरका सांस्कृतिक बिभाग प्रमुख स्वयम्बर लामा, किरात राई यायोक्खा शाखा कतारका कोषाध्यक्ष लोकबहादुर राई, नेपाली महिला समाज कतारका उपाध्यक्ष संगिता लामा, कोषाध्यक्ष सुस्मिता भुषाल केन्द्रिय सदस्य इसोरा मगर, ब्यबसायी श्याम भुषाल, समाजका सहयोगी उत्तम तामाङ्ग, प्रवासी राष्ट्रिय मंचको संरक्षकत्वमा स्थापित सुरसंगम साधना केन्द्रका अध्यक्ष दिनेश लिम्बु, भोकल प्रशिक्षक राकेश चाम्लिङ्ग, आरम्भ नाट्य डबलीका अध्यक्ष प्रविण राई रहेका थिए।

सोही अवसरमा समाजका तर्फबाट उपाध्यक्ष यतुकुमार सम्बाहाम्फेले अल दोसरी जु एण्ड गेम रिजर्भका धनीलाई प्रशंसापत्र प्रदान गरेका थिए भने अल दोसरी जु एण्ड गेम रिजर्भका धनीले समाजका अध्यक्ष नरेन्द्र एभेङ्ग लिम्बुमार्फत समाजलाई उपहार प्रदान गरेका थिए।

सुरसंगम साधना केन्द्रका कलाकारहरु दिनेस नेम्बाङ्ग, राकेश राई, प्रविन राई, शम्भु घिसिङ्ग तामाङ्ग, राम बान्तवा राई, अमृत कुुरुम्बाङ्ग लिम्बु, कबिन गुरुङ, संदेश खालिङ्ग मझुवाली, दीपक लिम्बु, लक्ष्मण शर्मा, सरोज श्रेष्ठ, अम्बर गुरुङ र प्रदीप बिकले कार्यक्रमको बिचबिचमा कर्णप्रिय एवं सुमधुर सांगितिक प्रस्तुतीहरु पस्केर माहौललाई अझ रोचक बनाएका थिए भने विरेन्द्र के. याक्थुङ्गवाको धमाकेदार नृत्य, किरात याक्थुङ्ग चुम्लुङ्ग्का कलाकारहरुद्धारा प्रस्तुत केलाङ्ग (च्याब्रुङ्ग नाच) र कार्यक्रमको अन्तमा धाननाच बनभोज कार्यक्रमको थप आकर्षण रहेका थिए उपस्थित सवै मन्त्रमुग्ध भएका देखिन्थे।

साही दिन सोही स्थानमा अल दोसरी जु एण्ड गेम रिजर्भ र हमाद अस्पतालको संयुक्त पहलमा सम्पन्न भएको निशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रममा संघिय लिम्बुवान समाज कतारका तर्फबाट केहीले रक्तदान समेत गरेका थिए।





Comments

comments

5251