जुटे जितिन्छ: माओबादी पार्टी एकताको तरंग युएईमा पनि

बिनोद श्रेष्ठ कान्ति / एचकेनेपाल डट कम-
चैत्र १४, दुबई । नेपालमा शुरु भएको माओबादी एकताको प्रक्रिया प्रबासी संगठनहरुमा पनि देखिने क्रम शुरु भएकोछ। नेपालमा विभिन्न समयमा आन्तरिक बिबादमाथि छलफल गरेर सहि निष्कर्षमा पुग्न नसक्दा १० वर्षसम्म एकताबद्ध भएर सशस्त्र युद्ध लडेका नेपाल कम्युनिस्ट पार्टी माओबादी शान्ति सम्झौता पछिको खुल्ला राजनीतिमा आएपछि विभिन्न समयमा विभाजन हुन पुग्यो।

फलस्वरुप संबिधान सभाको दोश्रो निर्बाचनसम्म आईपुग्दा पार्टी विभाजनको असरले कम्जोर भएको महसुस गर्दै पार्टी एकताको लागि पहल शुरु भएको छ। संसदबादी मुलधारका कांग्रेस, एमाले लगायतका दलहरुको दम्भको कारण शान्तिसम्झौता, विभिन्न समयमा भएको समझदारीको उलंघन गर्दै जनमुखी संबिधान बन्न नदिने, द्वन्दकालीन मुद्धाहरु बिउताउदै माओबादीलाई पाखा लगाउने कसरत गरिरहेको यो समयमा माओबादी शक्तिहरु एकजुट हुनु पर्ने तार्किक निष्कर्षसहित नेपलमा भएको माओबादी एकताको प्रक्रिया संगै प्रबासी संगठन अन्तर्गतका नेपाली जनप्रगतिशील मंच युएई र नेपाली जनप्रगतिशील मोर्चा युएईबीच छलफल शुरुभएको छ।

बरदुबईको मेट्रो पार्कमा शुक्रबार सम्पन्न उक्त छलफलमा नेपाली जनप्रगतिशील मंचका अध्यक्ष हेमन्त पौडेलले अधुरो क्रान्तिलाइ पुरा गर्न पार्टी एकताबद्ध हुनुपर्ने धारणा राखेका थिए भने नेपाली जनप्रगतिशील मोर्चाका अध्यक्ष काशी काफ्लेले बिगतको कमीकमजोरीलाई समिक्षा गर्दै प्राप्त उपलब्धिहरुको सस्थागत गर्नको लागि पार्टीको तत्कालिन कार्यनीति, समान धारणा बनेपछि युएईमा पनि एकताको पहल गरिने जनाए।

टुक्रिएको सबै माओबादी पार्टी एक भएर मात्र शहीदहरुको सपना पुरा हुने भनाइ शहीद परिवारका मनोज काउछाले राखेका थिए भने मंचका सल्लाहकार उत्तम अधिकारीले संघर्ष कुनै बेला सरल र कुनै बेला पेचिलो बन्ने गर्दछ तसर्थ पार्टी एकताको ईतिहासलाई समिक्षा गर्दै गल्ति कमीकमजोरीलाई सच्याउदै फुटेर हैन जुटेर परिबर्तनका एजेन्डालाई सस्थागत गर्नु पर्ने बताए।

युएईलगायत प्रबासमा रहेका मोर्चाहरुलाई खुल्ला छलफल र बहसको लागि आबश्यक भूमिका निर्बाह गर्दै माओबादी आन्दोलनको बाकी कार्याभारलाइ पुरा गर्न सहयोग गर्ने क्रान्तिकारी पत्रकार संघ युएईका पत्रकार निमकान्त पाण्डेले बताए।

सोही क्रममा नेपाली जनप्रगतिशील मोर्चा युएईका महासचिब उत्तम बिकले सबै माओबादी शक्तिहरु एक भएर ईमान्दारिताका साथ १४ हजार भन्दा बढी नेपाली आमाका छोराछोरीले दिएको बलिदानीको कदर गर्दै घाइते, अपाङ्ग बेपत्ता परिवारलगायत श्रमजीबी नेपालीको हकहित र अधिकारको लागि पुर्ण ग्यारेन्टीका लागि पनि माओबादी एकता अपरिहार्य भएको बताए।





Comments

comments

Leave a Reply

5323