युरोपेली सांसद टोलीसंग किन रिसाए प्रधानमन्त्री?

काठमाडौं, चैत २८ – प्रधानमन्त्री सुशील कोइरालाले युरोपेली युनियनका सांसद्को टोलीलाई ‘तेस्रो संविधानसभाको निर्वाचनको कुरा गरेको’भनेर सोधेका छन्।

टोलीले बिहीबार संविधानसभा अध्यक्ष सुवास नेम्वाङसँगको भेटमा ‘तेस्रो संविधानसभाको निर्वाचनको सम्भावना छ’ भन्ने प्रश्न राखेका थिए। कोइरालाले शुक्रबार आफूलाई भेट्न पुगेका युनियनका सांसद्को टोलीसँग किन यस्तो प्रश्न राखेको भन्दै असन्तुष्टि जनाएका हुन्।

कोइरालाले युनियनका सांसद्को प्रतिनिधिमण्डललाई दोस्रो संविधानसभाले नै संविधान जारी गर्ने प्रस्ट्याउँदै तेस्रो संविधानसभाको निर्वाचनको कल्पना कसैले पनि गर्न नसक्ने बताएका थिए। उनले भनेका थिए,‘कसैले पनि तेस्रो संविधानसभाको कल्पना नगरे हुन्छ।’

प्रधानमन्त्रीले यही संविधानसभाले सके सहमतिमा नभए अधिकतम सहमतिमा लोकतान्त्रिक विधिअनुसार संविधान जारी गर्नेमा ढुक्क हुन प्रतिनिधिमण्डललाई आग्रह गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ। प्रधानमन्त्रीले कूटनीतिक रुपमा असन्तुष्टि जनाएपछि प्रतिनिधिमण्डलकी अध्यक्ष जिन लाम्बार्टले आफूहरुको जिज्ञासाको आसय तेस्रो संविधानसभाको निर्वाचन नभएको बताएको जानकारी प्रधानमन्त्रीनिकत स्रोतले दियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

5402