पति विदेशमा रहेका युवतीको शव अर्धनग्न अवस्थामा भेटियो

काठमाण्डौं, चैत्र १८ -राजधानीको धुम्बाराहीस्थित प्रगति टोलमा करिब ३२ वर्षकी एक महिला सडकमा मृत अवस्थामा फेला परेकी छिन्। हत्या गरेर फालिएको हुनसक्ने प्रहरी र स्थानीयले अनुमान गरेका छन्।

बुधबार बिहान करिब ५ बजे सडकमा मृत शव फेला परेको थियो। घरको छतबाट खसालेर मारिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको छ। शव उनको कोठाको झ्यालबाट ठ्याक्कै तल सडकमा शव फेला परेको हो। शव अर्धनग्न अवस्थामा थियो। आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले संकास्पद दुई जनालाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका मध्ये एक पुरूष र एक महिला छन्। उनीहरूलाई महाराजगञ्ज प्रहरी चौकीमा लगेको बताइएको छ। प्रहरी श्रोतका अनुसार नियन्त्रणमा लिइएका युवाले बिहान पखको घटनाबारे आफूलाई थाह नभएको तर बेलुका भने आफू पनि संगै रहेको जानकारी दिएका छन्। मृतक महिलाको नाम ज्योतस्ना तामाङ र घर दार्जिलिङ रहेको प्रहरीले जनाएको छ।

अघिल्लो साँझ एक युवक र अर्की महिला समेत तीनजनासँगै एउटै कोठामा सुतेका थिए। मृतक महिलाको ५ वर्षकी एक छोरी पनि छिन्। घरको तेस्रो तलामा चार कोठाको फ्ल्याट लिएर उनी छोरी सहित बस्दै अाएकी थिइन्। सडकमा शव भेटिएपछि हल्लाखल्ला हुँदा समेत माथि कोठामा सुतेका मृतकका दुइ साथी र छोरी भने मस्त निद्रामा थिए। प्रहरी कोठामा पुग्दा उनीहरू सुतिरहेको अवस्थामा भेटिएको समाचार नागरिक दैनिकमा छ।

प्रहरी नियन्त्रणमा लिदै गर्दा स्थानीयले केरकार गरेपछि ती युवाले अघिल्लो दिन सोही कोठामा मदिरा सेवन गरेर रमाइलो गरेर सुतेको तर मृत्युबारे आफूलाइ केही थाहा नभएको प्रतिकृया दिएका छन्। उनले मृत्यु भएकी युवती आफ्नो गर्लफ्रेण्ड रहेको प्रतिक्रिया दिएका छन्। मृतकका पति विदेश रहेको बताइएको छ।

अपडेट:
पक्राउ परेका पुरुष काठमाडौं मैतिदेवीका प्रितम मानन्धर हुन्। उनले जोत्सनालाई शौचालयको झ्यालबाट धकेलेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ। बिहानै छानबिन गर्दा मानन्धर शंकास्पद देखिएकाले आवश्यक थप अनुसन्धान र कारवाहीको लागि महानगरीय प्रहरी बृत्त महाराजगञ्जमा पठाईएको छ। प्रारम्भिक अनुसन्धानबाट २ महिनाअघि मानन्धर र मृतकबीच चिनजान भएको र उनीहबीच शारीरिक सम्बन्धसमेत रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

अपडेटः
यौन चाहना पूरा नगरेको निहुँमा ‘प्रेमिका’को हत्या

अनुसन्धानबाट खुल्न आएका कुराहरुः
 आज भन्दा २ महिना अगाडी जोत्सनाको बिज्नेस पार्टनर रञ्जु थापा मार्फत प्रितम मानन्धर र जोत्सना तामाङ्गको चिनजान भएको।
 प्रितमको भाटभटेनी स्थित एटिक रेष्टुरेण्टमा जोत्सना र रञ्जु जाने गरेको । सोही क्रममा जोत्सना र प्रितम बिचको सम्बन्ध घनिष्ठ भएको।
 प्रितम हप्ताको एक पटक जोत्सनाको कोठामा खानपीनको लागि जाने गरेको।
 मिति २०७१।१२।१७ गते अं. रातको १०ः३० बजेको समयमा प्रितमलाई निजको पार्किङ्ग हेर्ने जि. काभ्रे घर भएका शान्त बहादुर तामाङ्गले जोत्सनाको कोठा बाहिरसम्म मोटरसाईकलमा ल्याई दिएको।
 जोत्सनाको कोठामा प्रितम, पवित्रा र मृतक संगै बसी रक्सी खाएको, रक्सी खाने क्रम रातको करिब १२ः१५ बजे सम्म जारी रहेको।
 रातको अं. १२ः३० बजे पछि सुत्न भनि प्रितम मानन्धर र जोत्सना तामाङ्ग एउटा कोठामा गएको र पवित्रा लिम्बु (जोत्सना तामाङ्गको साथी ललितपुर सातदोवाटोमा बस्ने) अर्को कोठामा गएको।
 प्रितम र जोत्सना कोठामा गई सकेपछि एक पटक शारिरिक सम्बन्ध भएको। त्यसको केही समय पछि दुवैजना बाहिर भएको लिभिङ्ग रुममा आएको।
 जोत्सना अत्यधिक मादक पदार्थ सेवन गरेको कारण आफ्नो यौन चाहना पुरा नभएकोले प्रितमलाई ट्वाईलेटमा आउ भनि बोलाएको। प्रितम ट्वाईलेटमा गई सकेपछि तेरो को केटी साथी छ ? मेरो चाहना किन पुरा गर्न सक्दैनस् भनि दुवै जना बिच विवाद भएको। सोही क्रममा प्रितम र जोत्सनाको बिच धकेला धकेली भई प्रितमले जोत्सनाको हात समाती ट्वाईलेटको झ्यालबाट बाहिर हुत्याएको।
 त्यसपछि प्रितम ट्वाईलेटबाट कोठामा आई सुतेको। बिहान ५ः०० बजे पवित्राले जोत्सनालाई उठाउन जाँदा विस्तारामा जोत्सनालाई नदेखेपछि प्रितमलाई उठाई सोध्दा प्रितमले यताउती हेरी खै कता गयो भनि जवाफ दिएको।

फोटोः नागरिक दैनिक





Comments

comments

Leave a Reply

5417