सहयोग उत्थान मंच दुबई क्षेत्रिय समिती गठन

बिनोद श्रेष्ठ “क्रान्ति”/बाबुराम बि.क
दुबई। ” मानविय भेदभावको अन्त्य गरौ, शिक्षा र समानताको लागी एकजुट हौ” भन्ने मुल नाराका साथ दुबईको मुसल्ला टावरस्थित एक रेस्टुरेन्टमा दुबईमा कार्यरत पछाडी पारिएका समुदायहरुको सक्रिय युवाहरुको उपस्थितिमा देउ बहादुर विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय सहयोग उत्थान मंच दुबई क्षेत्रिय समिती गठन गर्यो।

सहयोग उत्थान मँच युएईका उपाध्यक्ष फर्स बहादुर विश्वकर्मा ( पारस) को अध्यक्षता तथा सहयोग उत्थान मँच अन्तर्राष्ट्रिय सहसंयोजक बाबुराम विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले निम्न पदाधिकारीहरू चयन गर्यो। जसमा क्रमश : प्रथम उपाध्यक्ष श्रीमती हेमा सुनार, दि्तिय उपाध्यक्ष रामजी घताने ,सचिव ठगेन्द्र बहादुर सुनार,सहसचिव दुजमान सुनार,कोषाध्यक्ष जीत बहादुर विश्वकर्मा रहेका छन्। यसै गरी सदस्यहरूमा किशन बिसि, कमल विश्वकर्मा, कृष्ण विश्वकर्मा,मेघराज गहतराज, श्रीमति रीमा सुनार, बाल सिं सुनार, बिक्रम सुनार छन्। समितीको पहिलो बैठक अगस्त ८ तारीख बस्ने र उक्त बैठकले ४ जना सदस्यहरु र ३ जना सल्लाहाकारहरु मनोनयन गर्ने निर्णय पनि गरेको छ।

सयौ वर्षदेखि समाज , राज्य र शासकहरुद्वारा शैक्षिक , सामाजिक , राजनितीक, आर्थिक रुपमा चरम शोषण , दमन अपहेलना गर्दै पछाडी पारिएको हाम्रो समुदाय विश्वकै सिर्जनशिल र परिश्रमी भएता पनि ईतिहास देखि नै सामन्ती शासकहरुले थिचोमिचो र अमानविय भेदभावमा पारेकोले समुदाय सम्पुर्ण रुपमा अरु समुदायहरुभन्दा पछाडी परेको र त्यसको क्षतिपुर्ती स्वरुप नेपाल सरकारले यस समुदाय भित्र पनि अति विपन्नहरुको पहिचान गरि आरक्षणको व्यवस्था हुनु पर्ने र आजसम्म दलितको नाममा प्रदान गरिने सुबिधाहरु हुनेखाने दलितहरुमा मात्र सिमित भएको र वास्तविक पछाडी पारिएका पिडितहरू सम्म नपुग्ने गरेको उक्त भेलामा अावाज उठाइएको थियो।

यसै गरी सहयोग उत्थान मँच युएईका कोषाध्यक्ष श्री दुर्गा सुनार ले मानव जिवनमा शिक्षाको प्रमुख भुमिका रहने हुनाले हाम्रो संगठनको मुख्य लक्ष्य पनि शिक्षा नै भएको जानकारी दिनु भयो । सहयोग उत्थान मँच युएई का अध्यक्ष रामचन्द्र परियारको सक्रियतामा नवगठित कार्यसमितीलाई उहाँले बधाई तथा शुभकामना दिनु भयो । आगामी अक्टोबर ३ तारिख मा आयोजना गरिने दशै शुभकामना तथा प्रथम वार्षिकोत्सब कार्यक्रममा सक्रिय भुमिका निभाउने र मँचको लक्ष्य र उद्देश्यको निम्ति आफु र सम्पुर्ण पदाधिकारीहरु व्यवस्थित रुपमा निरन्तर लागि रहने नवनियुक्त अध्यक्ष देउ बहादुर बिश्वकर्माले प्रतिबद्दता जनाउनु भयो। उपस्थित सम्पुर्णलाई धन्यवाद नवगठित कार्यसमितीलाई शुभकामना दिदै कार्यक्रमका अध्यक्ष पारस ले कार्यक्रमलाई सम्पन्नताको साथ समापन गर्नु भयो। उक्त कार्यक्रम सहयोग उत्थान मँच युएईका कोषाध्यक्ष श्री दुर्गा सुनारले सन्चालन गरेका थिए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

554