लोकमानको ज्यान खतरामा, कसले लिन खोज्यो लोकमानको ज्यान?

काठमाडौं, चैत २५ – मुखिया, खरदार, बढीमा सहसचिव र विश्वविद्यालयका उपकुलपतिसम्मलाई डाम्दै आएका लोकमानले के–के न हुन लागेझैं गरी आफूलाई खतरा आइपरेको हवाला दिँदै झन्डै राष्ट्रपतिकै हैसियतमा आजीवन विशेष सुरक्षा माग गरेका छन्।

चैत ३ गते आयोगको बैठक डाकेर सबैको ल्याप्चे ठोकाई सरकारसँग सोही दिन विशेष सुरक्षा मागेका हुन्। गृहमन्त्रीले १६ गते सोही मागबमोजिम प्रस्ताव लैजान स्वीकृति प्रदान गरेको हुँदान गत शुक्रबार क्याबिनेट बैठकमा यसबारे छलफल भएको खबर आजको जनआस्था साप्ताहिकमा छ।

‘भ्रष्टाचार नियन्त्रण गर्ने सरकारी निकायका पदाधिकारीलाई पदमा रहँदा र अवकाशपश्चात समेत आजीवन सुरक्षाको पत्याभूति गरिने अन्तर्राष्ट्रिय प्रचलन नै रहेको दाबीसहित अख्तियारले १३ गते च.नं. २४८५ नम्बरको पत्रमार्फत प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ,‘आयोगको नेतृत्वलाई आफ्नो कार्यकाल र अवकाशपश्चातको अवस्थामा समेत आफ्नो र परिवारमाथि हुने सुरक्षा चुनौतीबाट मुक्त भई निर्धक्क र निर्भयतापूर्वक काम गर्ने वातावरण सिर्जना हुन आवश्यक छ।’

लोकमानलाई कसले धम्क्यायो र यसरी धम्क्याउनेलाई बेलैमा किन नियन्त्रणमा लिइएन? कारण र विवरण प्रष्ट छैन। बरु भनिएको छ,‘प्रत्येक दिनजसो भइरहेका स्टिङ अपरेशन, भ्रष्टाचारजन्य कार्यमा संलग्न शंकास्पद व्यक्तिको गिरफ्तारी एवं ठूलो संख्यामा मुद्दा दायर गर्ने कार्य सँगै आयोगका पदाधिकारीलाई भूमिगत समूह, माफियातन्त्र एवं गुण्डागर्दीमा संलग्न तत्वहरुबाट तत्काल र अवकाशपश्चातसमेत सुरक्षा चुनौती रहेको महसुस गरिएको छ।’ लोकमानलाई के कसरी जोगाउने यसबारे अख्तियार बोलेको छैन।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

5551