मुगुमा बर्थिङ सेण्टर निर्माणका लागि बेलायतमा च्यारिटी

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
लण्डन। बेलायतमा कार्यरत नेपाली नर्सहरुको संस्था नेप्लिज नर्सिङ एशोसियसन युकेले गत शनिबार एक च्यारिटी कार्यक्रमको आयोजना गर्यो।

नेपालको दुर्गम जिल्ला मुगुमा बर्थिङ सेण्टर स्थापना गर्ने पवित्र उद्देश्य लिएर अयोजना गरिएको च्यारिटी कार्यक्रममा एशोसियसनका अध्यक्ष बासु लामिछानेले परोपकारी काममा सहयोग पुर्याउनेप्रति आभार प्रकट गरे। सबैको साथ र समर्थन भए अन्य दुर्गम जिल्लाहरुमा पनि बर्थिङ सेण्टर स्थापना गर्न सकिने लामिछानेले बताए।

कार्यक्रमका प्रमुख अतिथि रोयल कलेज अफ नर्सिङका लण्डन क्षेत्रीय डाइरेक्टर ब्रुनेल बुसीले नेप्लिज नर्सिङ एशोसियसनको कार्यक्रममा सहभागी हुन पाउंदा खुशी लागेको बताउंदै कार्यक्रम सफलताको शुभकामना दिए।

कार्यक्रममा गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष महेन्द्र कंडेलले परोपकारी काममा नेप्लिजज नर्सिङ एशोसियसनको भूमिका महत्वपूर्ण रहेको बताए।

त्यस्तै रोयल कलेज अफ नर्सिङका आइ एन नोरीसले कार्यक्रम सफलताको कामना गरेका थिए।

कार्यक्रमको औपचारिक सत्र महासचिव प्रशुना कंडेलले सञ्चालन गरेकी थिइन्। त्यस्तै च्यारिटी सांझमा सम्पन्न सांस्कृतिक कार्यक्रममा गायिका शर्मिला बर्देवा, नव गायक सुजन पराजुली, दिपक थापालगायतले गीत गायका थिए। त्यस्तै प्रतिष्ठा त्रिपाठी, आरती गुरुङ, सुनीता गौतम, प्रियना आचार्य रश्मी दर्लामी लगायतले नृत्य प्रस्तुत गरेका थिए। पारीका आले र यमुना पुनले साँस्कृतिक कार्यक्रम सञ्चालन गरेका थिए।

दुर्गम जिल्लामा रहेका नेपाली महिलाहरुले बच्चा जन्माउंदा भोग्नुपरेको समस्या स्टेज शो मार्फत देखाइएको थियो। जिल्लामा बर्थिङ सेण्टर नहुंदा आमाले भोग्नु परेको पीडा तथा त्यसले परिवारमा पारेको असर कलाकारहरुले स्टेज शो मा प्रदर्शन गरेका थिए।

च्यारिटी नाईट सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई टोकन अफ लभ सहित सम्मान गरिएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

562