नेदरल्याण्डस्को डेल्फ नगरपालिकालाई बुद्ध प्रतिमा हस्तान्तरण

केजिन राई / एचकेनेपाल डट कम-
नेदरल्याण्ड। नेपाली दूतावास ब्रसेल्सले नेदरल्याण्डस्को डेल्फ नगरपालिकालाई एक बुद्ध प्रतिमा हस्तान्तरण गरेको छ।

डेल्फ शहरको विश्व कला केन्द्र परिसरमा एक विशेष समारोहको वीच सम्पन्न भएको हो। बेनेलक्स तथा यूरोपियन यूनियनका लागि नेपाली राजदूत श्राममणि पोखरेलले तामाको तीन फिटको ध्यानमग्न उक्त बुद्धको मुर्ति डेल्फ नगरपालिकाका मेयर जीएए भेर्कर्कलाई हस्तान्तरण गरेका हुन्।

विश्वका विभिन्न देशहरुको कला सँस्कृति झल्काउने प्रतिमा तथा वास्तुकला रहेको ध्यचमि ब्चत म्भाित को परिसरमा स्थापित गरिएको उक्त प्रतिमाको राजदूत पोखरेल र मेयर भेरकर्कले सँयुक्त रुपमा अनावरण गरेका हुन्।

नेपाल र नेदरल्याण्डसबीच गहिरिँदो द्विपक्षीय सम्बन्ध तथा दुई देशका जनताबीचको प्रगाढ हुदै गएको आपसी सम्बन्धलाई अझ बढावा दिने तथा नेदरल्याण्डसमा नेपाललाई थप चिनाउने उद्देश्यका साथ दूतावासले उक्त प्रतिमा डेल्फ नगरपालिकालाई हस्तान्तरण गरेको हो।

विश्व कला केन्द्रको परिसरमा स्थापित उक्त प्रतिमाले उक्त केन्द्र भ्रमण गर्ने अन्य देशका पर्यटकमाझमा समेत नेपालको चिनारीलाई थप विस्तार गर्ने दूतावासको विश्वास रहेको छ।

बुद्ध प्रतिमा हस्तान्तरण एवं अनावरण समारोहमा डेल्फ नगरपालिकाका पदाधिकारीहरु, विश्व कला केन्द्रको कार्यकारी बोर्डका सदस्यहरु तथा कार्यकारी निर्देशिका, डेल्फस्थित विश्वविद्यालयका डच तथा नेपाली मूलका प्रोफेसरहरु, गैरआवासीय नेपाली संघ युरोप सँयोजक तथा अन्तराष्ट्रिय समन्वय सदस्यहरु, गैरआवासीय नेपाली संघ नेदरल्याण्डस्का पदाधिकारी तथा सदस्यहरु, नेदरल्याण्डस्का लागि नेपालका अवैतनिक महावाणिज्यदूत ऋबकउभच मभ क्तयउउभबिबच, स्थानीय डच समुदाय तथा अन्य नेपाली संघसंस्था तथा समुदायका पदाधिकारी तथा सदस्यहरु गरी करिब १०० अतिथिहरु सहभागी थिए।

दुवै देशका राष्ट्रिय गान बजाई शुरु गरिएको समारोहमा मन्तव्य दिंदै नेपाली राजदूत पोखरेलले नेपालमा करिब २६०० वर्षअघि जन्म भई शान्ति र अहिंसाको पथमा मार्गदर्शन दिएका नेपालका राष्ट्रिय विभुति गौतम बुद्धको प्रतिमाको उपहार स्वीकार गरी उक्त प्रतिमालाई ध्यचमि ब्चत म्भाित परिसरभित्र प्रतिस्थापन गरेकोमा डेल्फ नगरपालिका तथा विश्व कला केन्द्र डेल्फलाई हार्दिक धन्यवाद दिए।

बुद्धको शान्ति, करुणा र विश्व बन्धुत्वको मार्ग आजको विश्वमा झनै सान्दर्भिक रहेको उल्लेख गर्दै वहाँले दुई देशका बीच जनस्तरमा समेत बढिरहेको आपसी घनिष्टता प्रतिमाको स्थापनासँगै अझै प्रगाढ हुने वताए । नेपाल प्राचीन सभ्यतादेखि नै विभिन्न धर्म, सँस्कृति, भाषा र रीतिरिवाजको अनुपम सँगम रहेको उल्लेख गर्दै राजदूत पोखरेलले उपस्थित डच समुदायलाई नेपाल भ्रमणको निम्तो समेत दिए।

सो अवसरमा डेल्फ नगरपालिकाका मेयरले नेपाली राजदूत तथा अन्य सहभागीहरुलाई स्वागत गर्दै उपहारका लागि राजदूत तथा सम्पूर्ण नेपाली समुदायलाई हार्दिक धन्यवाद व्यक्त गरे। उक्त अवसरमा गैरआवासीय नेपाली संघ नेदरल्याण्डस्का अध्यक्ष कृष्ण राज अधिकारी तथा लुम्बिनी कपिलवस्तु अभियानका युरोप सल्लाहकार दामोदर प्रसाद आचार्यले गौतम बुद्धको सम्बन्धमा थप प्रकाश पारेका थिए।





Comments

comments

Leave a Reply

5684