देवकोटाको ‘अग्निशिखा’ लोकार्पण

फडिन्द्र अकिञ्चन / एचकेनेपाल डट कम –
पोखरा, २ बैशाख। साहित्यकारहरू नयाँ वर्ष पनि नयाँ र सिर्जनात्मक कार्य गरी मनाउँछन्। यसलाई मङ्गलबार फेरि सिद्ध गरे युवा साहित्यकार कृष्ण देवकोटाले।

नयाँ वर्ष २०७२ को सुरुवातमा देवकोटाले आफ्नी छोरी अनुष्काको पहिलो जन्मदिनमा मुक्तक सञ्चयन ‘अग्निशिखा’ प्रकाशन गरे।

कृतिको मुक्तक मञ्च पोखराले मङ्गलबार आयोजना गरेको कार्यक्रमका बीच नेपाल संगीत तथा नाट्या प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले लोकार्पण गरे। मुक्तक मञ्च पोखराले प्रकाशन गरेको सञ्चयनमा एक सय २५ मुक्तक छन्।

सो अवसरमा बोल्दै प्रमुख अतिथिसमेत रहेका सरुभक्तले पछिल्लो समय नेपाली मुक्तकमा जागरण आएको धारणा राखे। उनले भने–‘एक जागरण कर्ता कृष्ण देवकोटा आफै हुन्।’ वाचन र लेखन दुबैमा खप्पिस देवकोटाका मुक्तकमा सरल, सहज र बोलीचालीको भाषा प्रयोग भएको उनले बताए।

मुक्तक सञ्चयनबाटै कृति प्रकाशन यात्रा सुरु गरेका उनले मुक्तकमा प्रेम र व्यङ्ग्य बढी प्रयोग भएको बताउँदै मुक्तकका विषयवस्तु अरु पनि भएको धारणा राखे। उनले भने–‘मुक्तक अत्यन्त गहन, दार्शनिक र वैज्ञानिक विधा हो। यो ठूलो साधनाको विषय पनि हो।’ मुक्तकले काव्य भन्दा बढी प्रभाव पार्न सक्ने र जीवनमा यावत् पक्ष समेट्न सक्ने उनले बताए।

देवकोटालाई शुभकामना दिँदै उनले समकालीन परिवेशको सही चित्रण गर्न उनी सफल भएको बताए। उनले भने–‘उनको यो यात्राको प्रस्थान विन्दु हो, धेरै आयाम र शिखरहरू चढ्न बाँकी नै छ।’

अग्निशिखाको समीक्षा गर्दै समिक्षक नारायण मरासिनीले कृतिमा नेताहरूप्रति व्यङ्ग्य र समकालीन विषवस्तुप्रति सटिक टिप्पणी गरिएको बताए। उनले नेपाली मुक्तक विषयगत विविधता र गम्भीरतातर्फ उन्मुख भएको टिप्पणी गरे।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

5688