ग्रेटर रिडिङ्ग समाजको नयाँ बर्ष २०७२ को शुभकामना आदनप्रदान

दधिराज घिमिरे / एचकेनेपाल डट कम-
रिडिङ्ग, बेलायत। ग्रेटर रिडिङ्ग नेपाली समाज रिडिङ्गको आयोजनामा नयां बर्ष २०७२ शुभकामना आदनप्रदान कार्यक्रम रिडिङ्गका सिमेन्टी जक्सनमा रहेको ववेरहाउसमा भब्यतकासाथ सम्पन्न भएको छ।

ग्रेटर रिडिङ्ग नेपाली समाजका अध्यक्ष मान बहादुर गरुङको प्रमुख आतिथ्यमा र रेडिङ्गमा बसोबास गर्दै आउनु भएका ९३ बर्षीय जेष्ठ नागरिक दिल बहादुर गुरुङले संयूक्तरुपमा दिप प्रज्वलन गरि सुरु भएको थियो।

कार्यक्रममा उपस्थित अतिथि तथा जनसमुदायहरुलाई स्वागत गर्दै समाजका उपाध्यक्ष किष्ण न्यौपाने समाज भनेको बिभिन्न समुदायको उपस्थिति हुनु र प्रतिनिधित्व हुनु हो आजको यस उपस्थितिले ग्रेटर रिडिङ्ग नेपाली समाज साच्चैको ग्रेटर रहेछ भन्नु भयो। ग्रेटर रिडिङ्ग नेपाली समाज रिडिङ्गका ट्रष्टीको तर्फबाट ढक बाहादुर गुरुङ्गले २०७२ सालको शुभकामना दिदै संपूर्ण नेपालीहरुमा एकताको भावाना अझ मजबुद रहनेमा बिश्वास रहेको बताउनु भयो।

ग्रेटर रिडिङ्ग नेपाली समाजका भूपू अध्यक्ष अर्जुन बस्नेतले शुभकामनाकै क्रममा अहिलेको कार्यसमितीको योजना र प्रतिवद्धतामा समेत परेको कम्यूनिटी हलको आवश्यकताको बिषयमा बिशेष जोड दिनु भएको थियो।

कार्यक्रममा जेष्ठ नागरिक दिल बहादुर गुरुङ्गले सबैलाई आशिर्वाद दिनु भएको थियो। शुभकामनाकै क्रममा वेष्ट रेडिङ्ग नेपाली समाजको अध्यक्ष गुप्त बहादुर गरुङ्गले समाज निर्माणमा बिभिन्न पिल्लरहरुको आवश्यकता पर्ने हुनाले अहिलेको कार्य समितिको पहिलो प्रयासनै समाबेसीमा जोड दिएको महसुस आफूमा भएको बताउनु भयो।

रिडिङ्ग नेपाली आमा समाजकी अध्यक्ष योसोद बुढाले शुभकामना संपूर्ण आमाहरुको तर्फबाट शुभकामना दिनु भएको थियो।





Comments

comments

Leave a Reply

5720