नायिका रेखा थापा र कतारका व्यापारीले सहयोगी हात बढाए

शिशिर सिंखडा/ एचकेनेपाल डट कम –
रत्ननगर, चितवन ६ बैशख। पूर्वी चितवनको रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग भएको छ। नायिका रेखा थापाले खाने तेल र गैरआवासीय नेपाली संघ कतारका सल्लाहकार एवम् व्यवसायी आरके शर्माले चामल सहयोग गरेका हुन्।

केन्द्रमा आयोजित कार्यक्रममा अभिनेत्री थापाले चेपाङ वालवालिकाको लागि आश्रम स्थापना गरी विपन्न र विकटका वालवालिकालाई शिक्षा दिलाउने केन्द्रलाई फेरी पनि सहयोग गर्ने प्रतिबद्धता जनाईन्। उनले दुई महिनाको लागि दुई सय लिटर तोरीको तेल सहयोग गरेकी हुन्। त्यस्तै, शर्माले वालवालिकाको लागि दुई महिनालाई पुग्ने २१ क्वीन्टल चामल सहयोग गरेका छन्। साथै शर्माले वालवालिकाको लागि किताब राख्ने झोला र खाजा समेत सहयोग गरेका छन्।

कार्यक्रममा केन्द्रका अध्यक्ष केपिकिरण शर्माले नायिका रेखा थापा र आरके शर्माको सहयोग केन्द्रका लागि सबै भन्दा ठूलो भएको बताए। यसैबीच नायिका थापा र गैरआवासीय नेपाली संघ कतारका सल्लाहकार शर्मा केन्द्रको सदस्यसमेत बनेका छन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

5853