कोलोराडोमा भानुजयन्ती

कोलोराडो प्रतिनिधि / एचकेनेपाल डट कम-
अनेसास कोलोराडो च्याप्टरले २०१ औं भानु जयन्ती बिभिन्न कार्यक्रमको साथमा आइतबार मनाएको छ।

ब्रुम्फिल्डस्थित बम्बै प्यालेस रेष्टुरेन्टमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.खगेन्द्र लुइंटेल हुनुहुन्थ्यो। अतिथि आसन ग्रहणको क्रममा साहित्यकार मोहन सिटौला,कवि तथा गीतकार गोपालजी नेपाली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा हालै चयन हुनुभएका केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा हुनुहुन्थ्यो भने उक्त कार्यक्रमको सभापतित्व च्याप्टरकी अध्यक्ष आचार्य प्रभाले गर्नु भएको थियो।

कार्यक्रमको प्रथम चरणमा च्याप्टरका महासचिव कपिल सुबेदीले स्वागत भाषाण गर्नु भएको थियो। आदिकविद्वारा रचित कविताका दुई हरफ बाचन गर्दै कार्यक्रमको श्री गणेश संचालिका तारा अधिकारीबाट भएको थियो।

कार्यक्रमको शुरुमा आदिकवि भानुभक्तको तस्बिरमा माल्यार्पण तथा श्रद्धा सुमन चढाइको थियो। त्यसैगरी भानुभक्तको जीवनी साहित्यकार मोहन सिटौलाले प्रस्तुत गर्नु भएको थियो।

कार्यक्रममा कवि तथा गीतकार गोपालजी नेपालीका “सूर्य किरण गीतिकाब्य” र “कोपिला खण्डकाब्य” बिमोचन प्रा.डा.खगेन्द्र लुइंटेलद्वारा गरिएको थियो। बिमोचन अगावै सर्जक गोपालजी नेपालीको छोटो परिचय कार्यक्रम संचालिका तारा अधिकारीले प्रस्तुत गर्नु भएको थियो भने उहाँलाई खादा ओढाएर आचार्य प्रभाले सम्मान गर्नु गर्नुभएको थियो।

गोपालजी नेपालीले आफ्नो छोटो बक्तब्यमा आफ्ना कृति “सूर्य किरण”गीति काब्यमा समाजमा चली रहेको जात-पात छुवाछुतलाई इेङित गरेर देवकोटाको “मुना मदन”कृतिबाट प्रभावित भइे यो कृतिको जन्म भएको पनि बताउनु भएको थियो। पुस्तक बिमोचनकै क्रममा डा.बिजयराज शर्माज्युले साहित्यकार मोहन सिटौलाको जीवनीबारे चर्चा गर्नु भयो भने उहाँकै नयाँ कृति “नयाँ मुलुकको नाद”को बिमोचन डा खगेन्द्र लुइंटेलले गर्नु भयो। उहाँले पनि आफ्नो कृतिको बारेमा छोटो जानकारी दिनुभएको थियो। बिमोचनअघि वहाँलाई पनि खादा ओढाएर कोलोराडोको तर्फबाट सम्मान गरिएको थियो।

परिचयकैक्रममा पदम विश्वकर्माले प्रमुख अतिथि समालोचक प्रा.डा.खगेन्द्र लुइंटेलको बारेमा जानकारी दिनु भएको थियो। कोलोराडोबासीको तर्फबाट उहाँलाई सम्मान गर्दै आचार्य प्रभाले खादा ओडाएर सम्मानपत्र प्रदान गर्नु भएको थियो। सम्मान पत्र सचिव दामोदर लुइंटेलले पढेर सुनाउनु भएको थियो। यसरी डा.लुइंटेलले भानुलाई सम्बोधन गर्नु हुँदै भानुका बारेमा केही चर्चाको साथमा डायोस्पोरा साहित्यबारे छोटो जानकारी दिनु भयो र प्रवासमा रहेर पनि नेपाली भाषा, साहित्यको नाममा समर्पित नेपालीहरुप्रती क्रितज्ञ बन्नु हुँदै कोलोराडोबासी नेपालीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो।

कार्यक्रमको मध्यतिर रचना बाचनको कार्यक्रम थियो। रचना बाचन गर्नुहुनेहरुमा गजलकार भुपेन्द्र महत, देव भट्टराई, पुराना घरे र कृष्णमुरारी ढुङेल हुनुहुन्थ्यो। यस कार्यक्रमको आकर्षक नै भानुको बिषयमा केन्द्रित हुनु र अतिथिका रुपमा उपस्थित हुनु भएका प्रा.डा.खगेन्द्र लुइँटेल र साहित्यकार तथा पूर्व अध्यक्ष मोहन सिटौलाका साहित्यिक/समिक्षात्मक उद्गारहरु श्रवण गर्नु थियो।

कार्यक्रमका अन्तिममा अनेसास केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा,नेपाली घरका अध्यक्ष नारायण श्रेष्ठ,तमु धिका अध्यक्ष रमेश गुरुङले आफ्ना मन्तब्य प्रस्तुत गर्नु भएको थियो। नेवा:दबुका अध्यक्ष श्री भुषण श्रेष्ठको पनि उपस्थिती रहेको थियो।

कार्यक्रमको बिट मार्दै च्याप्टरकी अध्यक्ष आचार्य प्रभाले उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरुप्रति आभार ब्यक्त गर्दै यस कार्यक्रममा अग्रज गजलकार मनु ब्राजाकीको अस्वस्थ्यताले आजको कार्यक्रममा केही कमी महशुस भएको र उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

587