बहुप्रतिभाशाली सुरेन्द्र जो माइकल ज्याक्सनको कपि मात्र गर्दैनन्…

सुर्य चन्द/ एचकेनेपाल डट कम –
काठमाडौँ, नेपाली माइकल ज्याक्सन अर्थात् सुरेन्द्र महर्जन जो कोहीले पनि उनलाई स्टेजमा देख्दा माइकल ज्याक्सन नै भन्छन्। उनको कपडा लगाउने तरिकादेखि डान्स गर्ने तरिका देखेर युवा पुस्तादेखि लिएर बुढापाकासम्म संगसंगै नाच्न तम्तयार हुन्छन।

काठमाडौँको नयाँ बानेश्वरमा जन्मेका सुरेन्द्र महर्जन आर्थात नेपाली माइकल ज्याक्सन हाल टोखामा बस्छन्। उनले आफ्नो लागि माइकल ज्याक्सनको जस्तो ड्रेस तयार गर्न मात्र एक महिना मेहनत लगाएर आफ्नो लागि ड्रेस तयार पारे। हालसम्म एक सयभन्दा बढी कन्सर्टमा आफ्नो जादुमयी कला प्रदर्शन गरी दर्शकको मन जित्न सफल सुरेन्द्रले नेपालमा मात्र नभई विदेशसम्म पनि माइकल ज्याक्सनको डान्स देखाएर सबैलाई मन्त्रमुग्ध बनाउन सफल भएका छन्। उनले कतारको दोहा र मुम्बईमा आफ्नो प्रस्तुती दिइ सकेका छन्।

सन् २००० देखि हाल सन् २०१५ सम्म १५ बर्षदेखि माइकल ज्याक्सन भूमिकामा आफ्नो कला प्रस्तुत गर्दै आएका नेपाली माइकल ज्याक्सन सुरेन्द्र महर्जनले ३५ वटा नेपाल भाषाको भिडियो एल्बममा मोडल तथा निर्देशकको भूमिका निर्बाह गरि सकेका छन् साथै उनले अहिले सम्म ६ वटा मूभिमा प्रमुख भूमिकामा आफ्नो कला पनि देखाई सकेका छन्।

त्यसै गरी बेस्ट एक्टर नोमिनेसन २००१ को पेज ३ पिपुल च्वाइज अवार्ड, बेस्ट मेल मोडल २०१४ पेज ३ पिपुल च्वाइज अवार्डमा पर्न सफल मोडल, नायक, गायक तथा डान्सर नेपाली माइकल ज्याक्सन सुरेन्द्र महर्जनले सन् २०१४ मा नै आफै निर्देशक र निर्माता रही आफ्नै आबाजमा गीति एल्बम “ललिता” बजारमा लिएर आएका हुन्।

अहिले उनले आफ्नै सुशाल मल्टिमिडिया प्रोडक्सन हाउसबाट पनि इभेन्ट कन्सर्टहरु पनि आयोजना गर्दै आएका छन्। अब चाडै नै नेपाल भाषाको फुल एचडी मुभी “लक्ष्य” पहिलो पटक नेपाल भाषामा एनिमिनेसन ग्राफिक्स प्रयोग गरेर बनाउन लागेको र चाडै दर्शकमाझ लिएर आउन लागेको उनले जानकारी दिए। पन्ध्र बर्षदेखि कडा मेहनत गर्दै आएका सुरेन्द्र दर्शक र श्रोताहरुलाई आफ्नो भगवान मान्छन् भने सधै भरी दर्शक श्रोताहरुको सल्लाह सुझाबले नै सधै अगाडि बढ्ने नेपाली माइकल ज्याक्सन बताउंछन।





Comments

comments

Leave a Reply

5880