मीनकृष्णलाई गोली हान्ने डनका सहयोगी पक्राउ

कहलिएका गुन्डा रमेश बाहुन (सुजन पौडेल) का सहयोगी पक्राउ परेका छन्। ठेक्कापट्टा विवादमा मीनकृष्ण महर्जनलाई गोली हान्ने घटनामा संलग्न रहेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पक्रेको समाचार नागरिक दैनिकले छापेको छ।

२०७० माघ ४ मा मीनकृष्ण महर्जनलाई ललितपुरमा गोली प्रहार भएको थियो। ललितपुर, धापाखेल–१ धापाहाइतमा गोली हानेपछि भारत गएर लुकेका बाहुनलाई महाशाखाले पक्राउ गरी नेपाल ल्याइए पनि गंगाप्रसाद लिम्बु भने फरारै थिए। महाशाखाको टोलीले उनलाई बानेश्वरबाट पक्राउ गरेको हो।





Comments

comments

Leave a Reply

5894