छोरीलाई विवाहमा लालपुर्जा उपहार

महोत्तरी, वैशाख १० – मुलुकको अंशबन्डासम्बन्धी कानुनमा छोरालाई छोरीसरह सम्पत्तिको अधिकार दिइएको छ। तर,कानुन कार्यान्वयन नहुँदा अहिलेसम्म विवाह गरेर घर जाने महिलाले माइतीको सम्पत्ति पाउन सकेका छैनन्।

विवाहमा दाइजोका रुपमा नगद, गरगहना, लत्ताकपडा, भाँडाकुँडा नदिएर महोत्तरीका एक एमाओवादी नेताले अंशबन्डाको लालपुर्जासहित छोरीलाई माइतीको अंशियार बनाई अन्माएका छन्।

कानुनी रुपमा पाउने जग्गाको अंशियारीस्वरुप एमाओवादी नेता विदुर कार्की र सविता कार्कीले आफ्नो छोरी मनीषा कार्कीलाई विवाहमा लाजपुर्जा दिएको समाचार नयाँ पत्रिका दैनिकमा छ।





Comments

comments

Leave a Reply

5933