कोरियामा अटिजम बालबालिका सहयोग अभियान

मिनप्रसाद उप्रेती / एचकेनेपाल डट कम –
सउल। नेपालमा अटिजम बालबालिका सम्बन्धि काम गर्दै आएको एक संस्थालाई कोरियामा रहेका नेपालीहरूले सहयोग अभियान सञ्चालन गरेका छन्। काठमाडैास्थित विशेष स्कुल तथा पुर्नस्थापना केन्द (एस.एस.डी.आर.सी)लाई सहयोग गर्ने उद्धेश्यले कोरियामा उक्त अभियान थालिएको हो।

कोरियामा रहेका नेपालीहरूको एक भेलाले उक्त सहयोग अभियान संचालका लागि बिक्रमसिंह ठकुरिको संयोजकत्वमा २९ सदस्य सहयोग कमिटि गठन गरेका छन्। उपसंयोजक मञ्जु गुरुङ र जितेन्द्र महत रहेको उक्त कमिटिका अन्य सदस्यहरूमा सपना सुनवार, सपना अधिकारी, हरि खनाल तथा प्रकाश अधिकारी लगायत रहेका छन्। यसैगरि सल्लाहकारहरुमा रुद्र शर्मा, केपी सिटौला, विनोद कुवर, लोचन राई, यज्ञराज सुबेदी, भक्त शेरचन र मल्लिका थकाली रहेका छन्।

सबिता उप्रेती

अटिजम बालबालिकाको स्वास्थ्य र शिक्षा सम्बन्धि काम गर्दै आएको विशेष स्कुल तथा पुर्नस्थापना केन्द (एस.एस.डी.आर.सी)ले सञ्चालन गरेको दुई करोड रुपयाको अक्ष्यकोष स्थापानाका लागि उक्त अभियान थालिएको अभियान संयोजक बिक्रम सिह ठकुरीले बताए। कोरियामा करीब ५ महिनासम्म चल्ने उक्त अभियानमा अटिजम सम्बन्धी जाचेतना जगाउने, सहयोग सङ्कलन गर्ने र विशेष स्कुल तथा पुर्नस्थापना केन्द्रकी संचालिका सबिता उप्रेतीलाई कोरिया झिकाई अभिन्नदन गर्ने अभियानको उद्धेश्य रहेको ठकुरीले बताए।

हामीले कोरियाका सबै सङ्घ संस्थाहरुको आवश्यक राय सल्लाह, सहयोगका र सुझावकालागि मे १७ तारिख सउलमा बृहत भेला बोलाएका छैा ठकुरीको भनाई थियो। “भेला पश्चात यो अभियानप्रति कोरियाका सबै नेपालहरु चलयमान हुने ठकुरीले जनाए।

अभियानप्रति एकेबद्धता जानाउदै कोरियाका विभिन्न ठाउँमा ब्यानर सार्वजनिक गरिएका छन्। राजधानी सउलमा एक कार्यक्रमबिच नेपाली दूतावास कोरियाका उपनियोग प्रमुख राजाराम वर्तैाला र अभियान संयोजक बिक्रमसिह ठकुरीले ब्यानर सार्वजनिक गरे भने फेन्थेक माईग्रेसन सेन्टर नेपाली समुदायको आयोजनामा जनस्थरबाट ब्यानर सार्वजनिक गरिएको थियो।

कार्यक्रममा बोल्दै उपनियोग प्रमुख राजाराम वर्तैालाले आफू यस्ता पवित्र कामको पक्षमा रहेको र आफ्नो क्षेत्रबाट सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताए। यसैगरि कोरियामा रहेका सबै सङ्घ संस्थाहरुले ब्यानर सार्वजनिकमा एेक्यबद्धता जनाएका थिए। साथै यो अभियानलाई अरू सशक्त, पारदर्शी र परिणाममुखी बनाउन निम्न प्रकारको उपसमिति गठन गरिएको छ।

आर्थिक समितिको संयोजकमा विष्णु लम्साल् र सदस्यहरूमा क्रमशः प्रकाश अधिकारी, सपना अधिकारी ,अमृत बास्तोला, राम प्रसाद पाण्डे रहेका छन्।

कार्यक्रम व्यवस्थापन समिति सम्योजकमा हरि खनाल र सदस्यहरूमा गोविन्द गौतम, हिराज श्रेष्ठ, रमेश श्रेष्ठ ,सन्दिप नेपाली रहेका छन्। यसैगरी सामाजिक सञ्जाल एबम भिडियो क्लिपमा संयोजक नरेन श्रेष्ठ रहेका छन् भने सदस्यहरूमा एकल यात्री, श्री इन्दु कार्की रहेका छन्।

उता प्रचार्-प्रसार समितिको संयोजकमा सपना सुनुवार र सदस्यहरूमा अशोक पोख्रेल्(thegu,busan Incharge), सुकुन्द आचार्य(kimhe Incharge) , राजाराम चालिसे(mokpho Incharge) , गोविन्द बराल्(Umsong Incharge) रहेका छन्।

बैठकले शिव रेग्मीलाई संरक्षक पदमामा चयन गरेको छ भने आवश्यक जानकारीका लागि बिक्रम ठकुरी~०१०-८६८९३३३६ , मन्जु गुरुङ~~०१०-२६६५३९९५, जितेन्द्र मेहता ०१०-४९६८१४४९ ,विष्णु लम्साल्०१०-५९३३३१२३ लाई संपर्क गर्न सकिने जनाईएको छ।

सहयोग गर्न चाहानुहुने दाताहरुले खाता Name:~adhikari sapana Account no:~620219458701 (KEB BANK)मा रकम जम्मा गर्न सकिने अभियान संयोजकले बताएका छन्।

अटिजम भनेको केहो ?
अटिजम जन्मजात हुने, नशा र तन्तुको विकासको क्रममा आएको असामानताको एउटा रूप हो। जसलाई “Neuro development Disorder” भनिन्छ। अटिजम भएका व्यक्तिलाई संञ्चारको बिचलन, सामाजिक रूपमा घुलमिल हुन र व्यवहार गर्नमा कठिनाइ हुने र कल्पना शक्तिको लचकता कम हुने जस्ता कठिनाईहरु हुन्छन्। यी तीन विशेष मूल समस्या हरेक अटिजम भएका व्यक्तिहरूमा देखा पर्दछन्। जसलाई अभिभावकहरुले घरमा बांधेर राख्ने गर्छन्। यस्ता प्रकारका बालबालिकाहरुलाई सहयोग गर्दै आएको संस्थाको नाम हो विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC) र यसलाई सहयोग गर्न अभियानको रूपमा कोरियामा सञ्चालन गरिएको हो।

यस सम्बन्धी थप जानकारीको लागि सबिता उप्रेतीसंग लिइएको अन्तर्वार्ता जसले अमेरिकाको डिभी त्यागेर दु:खी बालबालिकालाई अगाँलिन् पढ्नुहोस्।





Comments

comments

Leave a Reply

5969