चेत नगुमाऊ, सहयोग गर ….

काठमाडौं, वैशाख १३ – शनिबार नेपालको इतिहासमै दोस्रो ठूलो भूकम्प गएको छ। यसले सम्पूर्ण नेपालीलाई आतंकित मात्र बनाएको छैन, जनधनमा अकल्पनीय क्षति पुर्यासएको छ। करिब ७ घन्टासम्म लगातार तीन दर्जनभन्दा बढी भूकम्पको धक्का महसुस भएकाले सर्वसाधारण कोही पनि घरभित्र बस्न सक्ने अवस्थामा छैनन्।

सर्वत्र त्रास र मृत्युको पूर्वानुमानले वातावरण सन्त्रस्त छ। यस्तो अवस्थामा भ्रातृत्व र आपसी सहयोग अत्यन्त महत्वपूर्ण हुन्छ। तर, यस्तो ठूलो प्राकृतिक प्रकोपको अवस्थामा सबैभन्दा महत्वपूर्ण पक्ष मानिसले आफ्नो चेत गुमाउनु हुँदैन। भूकम्पले सिधै मानिसको ज्यान लिने होइन, बरु भूकम्पले ढालेका घर, पर्खाल, दराज, गमला आदिले चोट पुर्या्उने वा ज्यानसमेत लिन सक्ने अवस्था हुन्छ। त्यसैले भूकम्प आउँदा सर्वप्रथम नआत्तिईकन सुरक्षित स्थानमा गई बस्नुपर्छ। यस्तो अवस्थामा सबैभन्दा डरलाग्दो कुरो लुट, चोरी र डकैतीको हुन्छ। समाजका जिम्मेवार सदस्यहरूले तुरुन्तै एकजुट भई सामाजिक सुरक्षा र राहतका लागि समन्वय गर्नुपर्छ।

सबैतिरबाट अझै रिपोर्ट आइसकेको छैन, तर मध्यमाञ्चल क्षेत्रका धेरै गाउँ र बस्तीमा हजारौं मानिसको ज्यान गएको र पचासौं हजार घर भत्केको समाचार आउने क्रम जारी छ। कुनैकुनै गाउँमा सम्पूर्ण घर भत्केको अवस्था छ। त्यसैले त्यस्ता स्थानमा तुरुन्त राहत उपलब्ध गराउनुपर्छ। जसजसको ज्यान गयो, तिनका परिवारलाई तुरुन्त आर्थिक सहयोग दिलाउन र बेघर भएका हजारौं मानिसका लागि त्रिपाल, खानेपानी, औषधिउपचार आदि अविलम्ब उपलब्ध गराइनुपर्छ। अहिलेसम्म देशभरका अस्पताल, स्वास्थ्य चौकी, डाक्टर, सेना, प्रहरी सर्वसाधारणले जुन रूपमा अघि सरेर पीडितको उद्धारमा जुन सहयोग गरिरहेका छन् त्यो अत्यन्त सकारात्मक र स्तुत्य छ। अब बिरामीलाई चाहिने रगत, औषधिउपचार र अन्य सहयोगका लागि पनि सरकारको मात्र मुख नहेरेर सम्पूर्ण नेपाली जनता एक हुनुपर्छ। अहिलेको अवस्थामा कुनै पनि प्रकारले सहयोगलाई राजनीतीकरण गरिनु हुँदैन। यस्तो अवस्थामा आएको उद्धार र राहतस्रोतलाई कसैले दुरुपयोग गर्न नपाओस्, त्यसका लागि सर्वसाधारण पनि सजग रहनुपर्छ।

सरकारले तुरुन्तै राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग लिएर अविलम्ब राहत पुर्यााउनुपर्छ। गाउँगाउँ नै सखाप भएका काभ्रे, रसुवा, गोरखा, लमजुङ, नुवाकोट, सिन्धुपाल्चोकका हजारौं जनता भोकै र प्यासै खुला आकाशमुनि रात बिताउन बाध्य छन्, तिनका लागि तुरुन्त राहत पुगोस्। यस्तो अवस्थामा एकमिनेट विलम्बले पनि बाँच्न सक्ने सयौं मानिसले मृत्युवरण गर्न सक्छन्। महाभूकम्पबाट पीडित कसैको पनि उपचारका लागि आर्थिक समस्या नपरोस् र राज्यले तिनलाई यथासम्भव सम्पूर्ण सहयोग पुर्याकओस्। यो महाभूकम्पमा प्रधानमन्त्री राहतकोषले राहत वितरणमा तदारुकता देखाउनुपर्छ।

देश र विदेशबाट आउने सम्पूर्ण स्रोतलाई पनि च्यानलाइज गरी उपयुक्त ढंगले वितरण गरिनुपर्छ। भूकम्पबाट क्षतिग्रस्त घरलगायत भौतिक संरचना पुनःनिर्माणनिम्ति पीडितलाई सरकारले ऋण सहयोग व्यवस्था गर्नुपर्छ। तर, सबैभन्दा पहिले नातेदार गुमाएका, घरबार गुमाएका र घाइतेलाई अविलम्ब सहयोग वितरण गरिनुपर्ने खबर नागरिक दैनिकमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

6065