भूकम्पमा १० विदेशीको मृत्युको पुष्टि 

काठमाडौं, बैशाख १५- विनाशकारी भूकम्पमा १० विदेशी नागरिकको मृत्यु भएको छ। नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार काठमाडौँमा मात्र चार विदेशीको मृत्यु भएको हो।

काठमाडौँमा भूकम्पमा पर्नेमा फ्रान्सका ३० वर्षीय लोबाबो ओस्की र अर्का ३० वर्षीय फोरिसिएर ओस्की छन्। त्यस्तै २७ वर्षीय चिनियाँ नागरिक झुझुइओङ र ३० वर्षीय अनुराग छन्। सोलुखुम्बुको भूकम्पमा अस्ट्रेलियाका महिला रिनोफोलेन्डर चिनियाँ जेनझेनफाङ र अमेरिकी एक महिला मारिसा इभगिरावङ छन् भने एक जनाको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ।

त्यसैगरी मकवानपुरमा एक भारतीय महिला मान्दिनी गुप्ताको निधन भएको छ भने सोलुखुम्बुमा निधन भएका एक जनाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। (रासस)





Comments

comments

Leave a Reply

6150