धरहराबाट अहिलेसम्म ५० शव निकालियो…

काठमाडौं, वैशाख १८ – शनिबार गएको भूकम्पले पूर्णरुपमा ध्वस्त भएको धरहराको भग्नावशेषबाट आजसम्म ५० वटा शव निकालिएकोे छ।

क्षतिग्रसत भीमसेनस्तम्भ वरपर दुर्गन्ध फैलन नदिन काठमाडौँ महानगरपालिका तथा स्थानीय युवा क्लबले फिनेल छर्केका छन्।

भग्नावशेष हटाउन नेपाल प्रहरी र महानगरपालिकाका ५ टिपर, ३ डोजर र स्काभेटरले परिचालन गरेका तथा उक्त क्षेत्रको सुरक्षामा ६० प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक वेद विष्टले बताए। (रासस)





Comments

comments

Leave a Reply

6249