हङकङमा नेपालीसहित लाखौं मजदुरहरुले एकसाथ मनाए मे दिवस

आम्भु जेठा / एचकेनेपाल डट कम –
हङकङ, २ मे। मे डे अर्थात १२६ औं अन्तराष्ट्रिय मजदुर दिवस शुक्रबार मध्यान्ह हङकङमा विभिन्न देशको मजदुर गठनहरुको सहभागितामा तीसौं हजार श्रमिकहरुले एकसाथ मनाएका छन्।

श्रमिकहरुको विभिन्न नारासहित अढाई घण्टाको र्यालीमा ‘नेपाली जनप्रगतिशील मञ्च हङकङ’, ‘नेपाली निर्माण कामदार युनियन हङकङ’, सुदूर पूर्वी प्रवासी नेपाली संघ (फियोना), ‘ओभरसिस नेपाली वर्कस एसोसिएसन’, ‘घरेलु कामदार युनियन’ लगायत विभिन्न नेपाली संघ–सस्थाहरुले र्यालिमा भाग लिएका थिए।

र्याली सुरु हुनु अघि नेपालमा महाभूकम्पमा मृत्यु हुनेहरुको संझनामा एक मिनेट मौन धारणा गरिएको थियो। मौनधारणामा उपस्थित तीसौं हजार मजदुरहरुले एक्यवद्घता जनाएका थिए।

नेपाली जनप्रगतिशील मञ्च हङकङको ब्यानरमा सहभागिता भएको र्यालीमा एनेकपा (माओवादी) हङकङ शाखा अन्तर्गत रहेको जातिय मोर्चाहरु लिम्बुवान, तमुवान, मगर, किराती राष्ट्रिय मुक्ति मोर्चाहरुको आ–आफ्नो प्लेकार्डसहित उपस्थित भएका थिए।

हङकङमा हुने मे डे अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा हरेक वर्ष यहाँका नेपाली संघ–सस्थाहरुले भाग लिदै आएको छ। मजदुर दिवसमा भाग लिने नेपालीहरुको विभिन्न संघ–सस्थाहरुले हरेक वर्ष आ–आफ्नै माग पत्र वुझाउदै आएका छन्।

“वी आर वर्कअर–वी आर नट सेभ” अर्थात हामी कामदार हौं– हामी सुरक्षित छैनौं। कामदारहरु मेशिन होइन । ८ घण्टा भन्दा बढि काममा लगाउन पाइदैन। विश्वको मजदुर एक होऔं। मजदुर एकता जिन्दावाद । आकासिंदो महंगी नियन्त्रण गर । श्रमिक वेतन बृद्धि गर । नेपाली कामदार माथिको भिषा प्रतिवन्ध फुकुवा गर । समान कामको समान ज्याला देउ । आइएलओ महासन्धि पुरा गर जस्ता नाराहरु थिए।

कजवे बे स्थित भिक्टोरिया पार्कबाट सुरु भएको मजदुर र्याली सुगर स्ट्रिट, हेनेसी रोड, रोड्नी स्ट्रिट हुदै सेन्ट्रल गभरमेण्ट अफिस अगाडि पुगेर सभामा परिणत भएको थियो। हङकङका कार्यकारी प्रमुख सी वाई ल्योङको कार्यालय भवनको अगाडि भएको सभामा यहाँको स्थानिय चाइनिज मजदुर संघ–सस्था तथा विभिन्न देशका श्रमिकहरुको संगठनले आ–आफ्नै ज्ञापन–पत्र वुझाएको थियो।

सभामा यहाँको स्थानिय चाइनिज संघ–सस्था, नेपालीलगायत विभिन्न देशका श्रमिक संगठनहरुले कार्यकारी प्रमुख सि वाई ल्योङलाई आ–आफ्नो माग पत्र बुझाएका थिए। र्यालीमा ६० प्रतिशत महिला कामदारहरुले भाग लिएका थिए।





Comments

comments

Leave a Reply

6262